Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा लकडाउन लम्बियो, लकडाउन जेठ ४ गतेसम्म थप गर्ने

गुल्मीमा लकडाउन लम्बियो, लकडाउन जेठ ४ गतेसम्म थप गर्ने

images
  • गुल्मीमा लकडाउन लम्बियो, लकडाउन  जेठ  ४ गतेसम्म थप गर्ने
    images
    images

    अनिष पन्थी गुल्मी, यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार भोली राती १२ बजे सकिदै छ भने थप गरिएको निषेधाज्ञा शनिवार राती १२ बजेदेखि जेठ ४ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी रुद्रदबी शर्माले बताउनुभयो ।

    images
    images
    images

    निषेधाज्ञा जारी गरिएको समयमा अति आवश्यक बाहेक अन्य सेवाहरु पुर्ण रुपमा बन्द हुने बताइएको छ। जिल्लामा रहेको बैंक बित्तिय संस्थाहरु पनि पुर्ण रुपमा बन्द रहने छन् । थप गरिएको निषेधाज्ञालाई अघिको भन्दा कडाइका साथ लागु गरिने प्रशासनले जनाएको छ ।

    images
    images
    images

    जिल्लाका खाद्य सामग्री , दुध, फलफूल,तरकारी माछा मासु, पानी,ग्यास बिहान ७ बजेदेखि ९ बजे सम्म स्वास्थ्यका मापदण्डहरु पुरा गरी संचालनमा रहने प्रशासनले जनाएको छ ।

    images
    images
    images

    बिवाह, प्रयोजनका लागि शुभ बिवाह लेखिएको ब्यानर सहित बढीमा दुईवटा गाडीमा १५ जना सम्मलाई नजिकैको प्रहरी चौकीबाट सहजीकरण गर्ने प्रशासनले जनाएको छ । जिल्लामा संक्रमणका कारण १५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।