Logo

२०८३, आश्विन १०गते


images
images

मुसिकोटको नीति तथा कार्यक्रम : कृषि उपजको बिक्री सुनिश्चितता देखि आफ्नै गाउँ फर्की आउँ कार्यक्रम सम्म

मुसिकोटको नीति तथा कार्यक्रम : कृषि उपजको बिक्री सुनिश्चितता देखि आफ्नै गाउँ फर्की आउँ कार्यक्रम सम्म

images
  • मुसिकोटको नीति तथा कार्यक्रम : कृषि उपजको बिक्री सुनिश्चितता देखि आफ्नै गाउँ फर्की आउँ कार्यक्रम सम्म
    images
    images

    सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

    images
    images
    images

    दोश्रो नगरसभाको बाह्रौँ बैठकमा नगरप्रमुख जीवन खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिको बजारीकरण देखि आफ्नै गाउँ फर्की आउँ लगायतका कार्यक्रमहरु समावेश गरिएका छन् ।

    images
    images
    images

    नीति तथा कार्यक्रममा कृषिमा विविधिकरण,यान्त्रिकीकरण तथा व्यवसायिकरण गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउने उल्लेख गरिएको छ । त्यस्तै गौरवका योजनालाई निरन्तरता दिने, कृषि ऐम्बुलेन्स सञ्चालनका लागि पहल गर्ने,वैदेशिक रोजगारी र बसाईसराईँलाई कम गर्न आफ्नै गाउँ फर्की आउँ कार्यक्रम सञ्चालन गर्दै पख्नोस तपाईका लागि हामी केही गर्दै छौँ अभियान सञ्चालन गर्ने,कृषिमा पकेट क्षेत्रको अवधारणालाई अगाडी सार्दै उन्नत विरुवाको उत्पादन गरी उत्पादकत्व वृद्धि गर्न बहुउद्धेश्यीय नर्शरी निर्माण गर्ने,स्थानीय तहमा भेटेनरी डाक्टरको व्यवस्था गर्ने,नगरपालिका भित्र भुमि बैकं स्थापना गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    images
    images
    images

    त्यस्तै व्यवसाय ऋणमा सहुलियत कर्जा कार्यक्रमलाई निरन्तरता दिने,प्लाष्टिक टनेल र प्लाष्टिक पोखरी निर्माण कार्यक्रमलाई निरन्तरता दिने,बिउ श्रोत केन्द्रको स्थापना गर्ने,एक वडा एक पहिचान कार्यक्रमलाई अगाडी बढाउने,कफीको जननी मुसिकोट नगरपालिकालाई राष्टिय पहिचान दिन सञ्चालित कफी लगाऔँ आम्दानी बढाऔँ कार्यक्रमलाई निरन्तरता दिने,मुसिकोटको सामान मुसिकोटमा उत्पादन भन्ने नारालाई आत्मसाथ गर्दै कृषि उपजको बिक्री सुनिश्चित गर्न कृषि उपज विनिमय बजार सञ्चालन गर्ने,बाहिरबाट आउने खाद्यान्न एवम् तरकारी जन्य वस्तुहरु आयातलाई निरुत्साहित गर्ने,गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिने विषय उल्लेख गरिएको छ ।

    मुसिकोट नगरपालिकाका सार्वजनिक संस्थान तथा धार्मिक पर्यटकीय स्थानहरुको संरक्षण र सवंद्धनका लागि सार्वजनिक सम्पतिको सभांर कोष स्थापना गर्ने,विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,शिक्षालाई व्यवहारिक बनाउन शिक्षालाई शीपसगं,शिपलाई श्रमसगं श्रमलाई रोजगारीसगं रोजगारीलाई उत्पादनसगं र उत्पादनलाई बजारसगं जोड्न पढ्नै कमाउँदै कार्यक्रमलाई परीक्षणको रुपमा प्रयोग गर्ने,एक वडा एक खेलकुद मैदान निर्माण गर्ने,जिरो होम डेलिभरी स्थानीय तह घोषणा गर्ने,कुर्घा स्वास्थ्य चौकीमा ल्याव स्थापना गर्ने,गर्भवतीसगं उपप्रमुख कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिने कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

    त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खरेलले आगामी आर्थिक वर्षमा नगर प्रहरी भर्ती गर्ने,एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने,वातावरणीय प्रभाव मूल्याकंन गर्दै सडक सञ्जाल विस्तार गर्ने,रिगं रोडको अवधारणालाई निरन्तरता दिने,वामीमा बसपार्क निर्माणका लागि जग्गा प्राप्तिका लागि पहल गर्ने,नगरपालिकाका सबै वडामा राष्ट्रिय प्रशारण लाईनको विद्युत विस्तार गर्ने बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।