Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशी बाढी

एन प्याब्सन रुपन्देहीद्वारा भोटेकोशी बाढीप्रभावितका लागि १८ लाख बढी सहयोग

एन प्याब्सन रुपन्देहीद्वारा भोटेकोशी बाढीप्रभावितका लागि १८ लाख बढी सहयोग

images
  • एन प्याब्सन रुपन्देहीद्वारा भोटेकोशी बाढीप्रभावितका लागि १८ लाख बढी सहयोग
    images
    images

    देवदह । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) रुपन्देहीले भोटेकोशी बाढीप्रभावितका लागि १८ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।

    images
    images
    images

    एन प्याब्सन रुपन्देहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १८ लाख २३ हजार ९ सय ७ रुपैयाँ सहयोग गरेको हो । संस्थाका अनुसार रुपन्देहीमा रहेका सदस्य विद्यालयबाट संकलित ७ लाख ५ हजार १ सय ८६ रुपैयाँ र केन्द्रीय समितिमार्फत प्राप्त ११ लाख १८ हजार ७ सय २१ रुपैयाँ गरी उक्त रकम राहत कोषमा पठाइएको हो ।

    images
    images
    images

    बुधबार आयोजित एक कार्यक्रममा एन प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडे र कोषाध्यक्ष कमल पौडेलले उक्त रकम केन्द्रीय उपमहासचिव विष्णुप्रसाद पौडेल, केन्द्रीय सचिव बालकृष्ण तिवारी र केन्द्रीय सदस्य विलप्रसाद गुरुङलाई हस्तान्तरण गरे ।

    images
    images
    images

    भोटेकोशीमा आएको बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै अध्यक्ष बन्जाडेले प्रभावितलाई राहत पुर्‍याउने उद्देश्यले संस्थागत रूपमा रकम एकीकृत गरी सहयोग गरिएको बताए । ‘विपद्को समयमा प्रभावितलाई केही राहत पुगोस् भन्ने उद्देश्यले संस्थागत रूपमा सहयोग जुटाएर हस्तान्तरण गरेका हौं,’ बन्जाडेले भने ।

    कार्यक्रममा एन प्याब्सनका केन्द्रीय उपमहासचिव विष्णुप्रसाद पौडेलले विपद्का बेला रुपन्देहीबाट उदाहरणीय रूपमा सहयोग जुटेको बताए । उनले शैक्षिक संस्थाहरुले समेत विपत्तिको समयमा राज्यलाई सहयोग गरेर उदाहरणीय काम गरेको उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।