Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढीपछि हालसम्म १३६७ जनाको शव फेला

भोटेकोशी बाढीपछि हालसम्म १३६७ जनाको शव फेला

images
  • भोटेकोशी बाढीपछि हालसम्म १३६७ जनाको शव फेला
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३६७ जनाको शव फेला परेको छ ।

    images
    images
    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३६७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७५, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । त्यस्तै काठमाडौँमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ  । अहिलेसम्म १०२ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

    images
    images
    images

    प्राधिकरणका अनुसार अहिलेसम्म ५ हजार १३२ जना सम्पर्कविहिन रहेका छन् । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी ७३ जना र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना रहेका छन् । त्यस्तै नुवाकोटबाट सम्पर्कविहिन भएका १७८७ र जिल्लाका ६५१ तथा विदेशी पर्यटक ५८७ जना रहेका छन् ।

    images
    images
    images

    प्राधिकरणले अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको जानकारी दिएको छ ।  प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिउएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।