Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया

सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया

images
  • सगरमाथामा शिक्षक–अभिभावक अन्तरक्रिया
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७, शीतलनगरमा कक्षा १ मा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीच अन्तरक्रिया भएको छ ।

    images
    images
    images

    विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीको सिकाइ, व्यवहार, मूल्याङ्कन पद्धति तथा समग्र विकासका विषयमा शिक्षक, अभिभावक र विद्यालय प्रशासनबीच छलफल भएको थियो ।

    images
    images
    images

    कार्यक्रममा प्राचार्य कृष्णप्रसाद पौडेलले साना उमेरका विद्यार्थीलाई शिक्षण गर्दा शिक्षक तथा अभिभावक दुवैले संयमित भएर व्यवहार गर्नुपर्ने बताए । विद्यार्थीको संवेगात्मक, भावनात्मक र शारीरिक विकासलाई ध्यान दिँदै उनीहरूका क्रियाकलापलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने उनको भनाइ छ ।

    images
    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज मरासिनीले विद्यालयमा प्रभावकारी शैक्षिक वातावरण निर्माणका लागि शिक्षक र अभिभावकबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए ।

    कार्यक्रममा सहभागी अभिभावकले विद्यार्थीको परीक्षा तथा मूल्याङ्कन पद्धतिबारे जिज्ञासा राखेका थिए । उनीहरूले आकस्मिक विपद्को अवस्थामा विद्यालयले अपनाउने व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएका थिए ।

    कक्षा १ का कक्षा शिक्षकहरू एलिसा गुरुङ, कृति बुढाथोकी, रेखा बानियाँ र मिना न्यौपानेले आ–आफ्ना कक्षाका विद्यार्थीको समग्र अवस्था तथा प्रगतिबारे जानकारी प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा ६० भन्दा बढी अभिभावकको सहभागिता रहेको थियो ।

    प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहप्राचार्य लेखनाथ काफ्ले र सञ्चालन सहप्राचार्य प्रदीप अधिकारीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा आवासीय मा वि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।