देवदह । देवदह नगरपालिका वडा नं ७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा स्वर्णिम फुड फेस्ट २०८० कार्यक्रम सम्पन्न भएको छ ।
सगरमाथा आवासीय माध्यमिक विद्यालयमा अध्यनरत कक्षा १२ का विध्यार्थिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कक्षा १२ होटल म्यानेजमेण्ट विषय लिएर अध्ययनरत विद्यार्थीहरुले आफुले सिकेका ज्ञान र सीपलाई व्यवहारमा देखाउने गरी कार्यक्रमको आयोजना गरेको थिए । 
किताबी ज्ञानलाई व्यवहारिक शिक्षाको रुपमा कार्यान्वयन गर्नको लागि खाना महोत्सवको अयोजना गरेको विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सो अवसरमा बोल्ने वक्ताहरुले शिक्षालाई व्यवसायीक र व्यवहारिक बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले शिक्षालाई कितापी ज्ञानको रुपमा मात्र नभई व्यवहारिक शिक्षाको रुपमा लैजान आवश्यक रहेको बताए । उनीहरुले अवका नया पिढीलाई संस्कार सहितको शिक्षा प्रदान गर्ने गरी विद्यालयहरु लाग्नु पर्ने बताउदै सगरमाथा आवासीय मा वि ले व्यवहारिक शिक्षालाई जोड दिएको बताए । विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेल लगायतले आ–आफना भनाई थिए ।
कार्यक्रममा मनोरञ्जन बढाउनका लागि नृत्य प्रतियोगिता आयोजना गरिएको थियो जस्मा नन्दनी गुरुङ्गको समुह प्रथम, गंगा गुरुङ्गको समुह द्धितिय र विनिशा गुरुङ्गको समुह तृतिय भएको छन । प्रतियोगिताका विजेताले नगद ३ हजार, २ हजार र १ हजार प्राप्त गरेका छन भने कार्यक्रममा ज्योति थापा र आयुषा न्यौपानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यसैगरी सोही अवसरमा घैटोफोर कार्यक्रम समेत सम्पन्न भएको थियो जस्मा विद्यालयका सहायक प्रार्चाय प्रदीप अधिकारीले घैटो फोर्न सफल भएका थियो । 
स्वर्णिम फुड फेस्ट २०८० का लागि ब्यानर डिजाइन प्रतियोगिता को नतिजा समेत सुनाइएको थियो जस्मा उत्कृष्ट ब्यानर डिजाइन क्षितिज सोमरे मगर र अमृत सुनार भएका थिए ।
विध्यार्थीको ५० हजार लगानिमा आयोजित कार्यक्रममा जम्मा ७० हजारको कारोबार भएको छ भने फाइदाको रकम विध्यार्थीले नै बाड्ने बताएका छन ।
कार्यक्रम कक्षा १२ का विद्यार्थी आरएन सोमैको अध्यक्षता, स्वर्णीम सगरमाथा कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाको प्रमुख आतिथ्यता, विद्यालयका सहप्रार्चाय प्रदीप अधिकारीको स्वागत, भिमाकुमारी गुरुङ्ग र सन्तोषी सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology