गुल्मी । आगामी आर्थिक वर्षको लागि गुल्मीको गुल्मीदरबार गाउँपालिकाले नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष सराेज कुमार थापाले मंगलबार दाेस्राे गाउँसभाको प्रथम अधिवेशनकाे अवसरमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
गाउँपालिकाकाे दोस्रो गाउँसभाको प्रथम अधिवेशनकाे अवसरमा न्यायिक समिति, सुशासन समिति, विधायन समिति र लेखा समिति गठन, गाउँपालिकाको नारा संशोधन, गाउँ कार्यपालिकाको कार्यालयको संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेन छलफल, आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत तथा शन्य समयमा कार्यालयको वित्तीय प्रतिवेदन र गतिविधिबारे जानाकारी, सम्मान कार्यक्रम र समसामयिक विषयमा छलफल समेत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले प्रस्तुत गर्नुभएको २८५ बुँदामा उल्लेख भएको नीति तथा कार्यक्रमका केही मुख्य विषयहरू :
सुशासन सेवा प्रवाह
1. लोकतन्त्रको आधार : सक्षम स्थानीय सरकारको नीति अवलम्बन गर्दै भष्ट्राचारमा शून्य सहनशीलताको नीति लिई नागरिक केन्द्रित सेवा प्रवाहको व्यवस्था मिलाइनेछ ।
2. गाउँपालिकाको गतिविधिहरुलाई डिजिटल सूचना पार्टी, मोबाईल एप्स¸ सामाजिक सञ्जाल, एस.एम.एस. तथा वेबसाईट मार्फत सार्वजनिक गरी नागरिकको सूचनाको हकलाई सुनिश्चित गराउँदै गाउँपालिकाको कार्यलाई पारदर्शी बनाउँदै नागरिकहरुको घरघरमा सूचना प्रवाह हुने व्यवस्था मिलाइनेछ ।
3. जन्मदर्ता र मृत्युदर्ता सेवालाई नागरिकको घरघरमा उपलब्ध गराईनेछ साथै सामाजिक सुरक्षा भत्ता रकम नागरिकको घरदैलोमा पुर्याउन आवश्यक व्यवस्था मिलाईनेछ।
4. गाउँपालिकाको कार्यालय तथा अन्तर्गतका कार्यालयहरुबाट संचालन हुने विभिन्न कृयाकलापहरुको बारेमा आम नागरिकलाई सु-सूचित गर्दै पारदर्शिता र जनउत्तरदायी सरकारको भावना जागृत गराउन जनतासँग गाउँपालिका रेडियो तथा टिभी कार्यक्रमहरु संचालन गरिनेछ।
5. जनतासँग अध्यक्ष कार्यक्रम मार्फत विभिन्न वडाहरुमा प्रत्येक महिना नागरिक भेटघाट कार्यक्रम संचालन गर्दै आम नागरिकको चासो¸ गुनासो र प्रतिकृयाहरु सम्बोधन गरी नागरिकको नजिकको जनउत्तरदायी स्थानीय सरकार बनाईनेछ।
6. संचारकर्मीसँग गाउँपालिका कार्यक्रम संचालन गर्दै गाउँपालिकाको वृहत्तर हितको लागि योगदान पुर्याउनु भएका पत्रकारहरुको उच्च मनोवल राख्न आवश्यक व्यवस्था मिलाईनेछ।
7. गाउँपालिकालाई आवश्यक पर्ने जनशक्तिको लागि संगठनात्मक संरचना (O&M) गरी कर्मचारीको कार्यविवरण उपलब्ध गराइनेछ।
8. गाउँ कार्यपालिकाको कार्यालयबाट सम्पादन गरेका विभिन्न कार्यहरुको प्रगती विवरण सहितको e-bulletin मासिक रुपमा प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
9. प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्षसँग र अन्य शाखा प्रमुख तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतसँग कर्मचारीको स्पष्ट कार्यविवरण र सूचक सहित कार्य सम्पादन करार सम्झौता गरी कर्मचारीको कार्य सम्पादनको मासिक मूल्याङ्कन गरी कर्मचारीलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
10. गाउँपालिकाको वार्षिक विकास कार्यक्रम अनुसार सम्बन्धित शाखाहरुले भाद्र मसान्त भित्र कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रमुख प्रशासकीय अधिकृतसँग पेश गरी कार्ययोजना अनुसार सम्बन्धित विषयगत समितिमा छलफल गरेर मात्र कार्यक्रम संचालन गर्ने र कार्यक्रमको उपलब्धीको बारेमा समीक्षा गरी पारदर्शीता र जवाफदेहीता कायम गर्ने नीति अवलम्बन गरिनेछ।
11. गाउँपालिकाका सबै वडा कार्यालयहरु र वडा कार्यालयको नजिकै रहेका मुख्य व्यापारिक क्षेत्र तथा संवेदनशील स्थानहरुमा CCTV जडान गरी सुरक्षित समाज निर्माण गरिनेछ।
12. स्थानीय जनताको सुरक्षा¸ सम्पत्तीको संरक्षण¸ स्थानीय सरकारको नीति¸ निर्णय¸ मापदण्ड¸ विपद् व्यवस्थापन, बजार अनुगमन, सेवा प्रवाह आदि कार्यको लागि नगर प्रहरीको व्यवस्था गरिनेछ।
कृषि उपजहरु, हस्तकलाका सामग्रीहरु, विभिन्न रैथाने कृषि बालीहरुको संकलन तथा विक्री वितरणलाई व्यवस्थित गर्दै लैजानको लागि गाउँपालिकामा संचालनमा रहेको पालिका कोसेली घरलाई थप व्यवस्थित गरिनेछ।
८. कृषकहरुलाई कृषिमा प्रोत्साहन गर्न विभिन्न संघसंस्थासँग सहुलियत दरको ऋण लगानीको लागि आवश्यक समन्वय गर्दै कृषकको लागि कृषि ऋणमा लाग्ने ब्याजमा अनुदानको व्यवस्था मिलाइनेछ।
९. कृषकहरुलाई कृषि पेशामा उत्प्रेरित गर्न उत्पादनमा अनुदान दिन आवश्यक व्यवस्था मिलाइनेछ।
१०. व्यवसायीक रुपमा दुध उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्न बिक्रीको आधारमा दुधमा अनुदान दिईने व्यवस्था मिलाइनेछ।
११. पशुपालन व्यवसायमा गाउँपालिकालाई आत्मनिर्भर गराउन बंगुर/बाख्रा/कुखुरा लगायत पशुपंक्षी पालन सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ।
१२. गाउँपालिकाका व्यवसायीक कृषकहरुलाई मापदण्ड तयार गरी गाई/भैसी पालनमा आकर्षण गर्दै पोषणलाई महत्व दिन गाई/भैसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराईनेछ।
भौतिक पूर्वाधार विकास तर्फः
१. खानेपानीको मर्मत संभार तथा मुहान संरक्षण गर्दै आवश्यकता अनुसार लिफ्ट प्रविधि र ठूला खानेपानी आयोजना संचालन गरी सबै जनताहरुलाई एक घर एक धारा मार्फत स्वच्छ खानेपानी उपलब्ध गराउन आवश्यक व्यवस्था गरिनेछ।
२. मौलिक नेपालीपन झल्किने तथा उच्च कलात्मक शैलिमा निर्मित नीजि आवास एवं सार्वजनिक भवनहरुलाई पुरस्कृत गर्ने व्यवस्था मिलाईनेछ।
३. पूर्वाधारहरुको दिगो व्यवस्थापन तथा उपयोगका लागि मर्मत संभार प्रणालीलाई व्यवस्थित गर्न मर्मत संभार कोषको व्यवस्था गरी मर्मत संभारका लागि आवश्यक पर्ने मेशिनरी औजारहरु जे.सि.वी., टिप्पर तथा ट्याक्टर लगायतका साधनहरु खरिद गर्ने व्यवस्था मिलाइनेछ।
४. गाउँपालिकाका विभिन्न वडाका उपयुक्त स्थानमा व्याडमिन्टन/भलिवल कभर्डहल र क्रिकेट प्रशिक्षण स्थलहरुको निर्माण गरिनेछ।
५. निर्माण गरिने पूर्वाधाहरुको दिगोपना र गुणस्तर कायम गर्नको लागि गाउँपालिकामा पूर्वाधार ल्याब स्थापना गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
पर्यटन पूर्वाधार
१. समग्र गाउँपालिकाको पर्यटन प्रर्वद्धनको लागि हाम्रो वडा राम्रो वडा अभियान संचालन गर्दै एक वडा एक पर्यटकीय स्थल निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ।
२. गाउँपालिकामा रहेको ऐतिहासिक गुल्मीदरबार, भुवाने पार्क, ताराखसे लगायत गाउँपालिका भित्रका विभिन्न मठ मन्दिरला
पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि पर्यटन पूर्वाधार कार्यक्रम नीजि क्षेत्रको समेत लागत साझेदारीमा संचालन गर्ने व्यवस्था मिलाइनेछ।
३. अतिथि देवो भव भन्ने संस्कारलाई कायम राख्न गाउँपालिकाका विभिन्न स्थानहरुमा होमस्टे संचालन गरिनेछ।
४. गाउँपालिकाको भूवाने पार्क लगायत अन्य उपयुक्त स्थानमा पर्यटन विकासको लागि साहसिक खेलहरु जस्तै स्काई साइक्लिङ¸ बन्जी जम्मिङ, जिप लाइन¸ स्वीङ्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी संघीय तथा प्रदेश सरकारसँग सहकार्य गरिनेछ।
५. गाउँपालिका भित्र रहेका विभिन्न टोलहरुमा आवश्यक पर्यटन पूर्वाधारहरु (बाल उद्यान¸ फुलबारी¸ पार्क¸ व्यायामशाला) निर्माण गरिनेछ।
६. गाउँपालिकाका संचालनमा रहेका विभिन्न कृषि फर्म¸ पशुपालन र एग्रो रिसोर्टहरु जस्ता आर्थिक गतिविधिलाई पर्यटकीय गतिविधिसँग आवद्ध गरी आय आर्जन वृद्धि गरिनेछ।
७. गाउँपालिकामा लगानी सम्मेलन आयोजना गरी निजी क्षेत्रको साझेदारीमा पर्यटन पूर्वाधारका विभिन्न संरचनाहरु निर्माण गरिनेछ।
वन, वातावरण तथा विपद् तथा फोहर मैला व्यवस्थापन तर्फः
१. हरियो वन नेपालको धन भन्ने नारालाई आत्मसाथ गर्दै एक नागरिक एक रुख रोपणको कार्यक्रम संचालन गरी वन क्षेत्रको संरक्षण गरिनेछ।
२. प्लाष्टिक झोलाको प्रयोगले वातावरणमा परेको असरलाई न्यूनिकरण गर्न गाउँपालिकामा उद्यमी सिर्जना गरी फाइबर तथा कपडाको झोलाको प्रयोगलाई बढावा दिन आवश्यक अनुदानको कार्यक्रम संचालन गरिनेछ।
३. कोभिड-१९ सरुवा रोग लगायतका गैर प्राकृतिक विपद् तथा प्राकृतिक विपद् व्यवस्थापनको लागि विपद् कोषमा आवश्यक रकम विनियोजन गरी कोषको रकम स्वीकृत मापदण्ड बमोजिम उद्धार¸ राहत र सहयोगमा खर्च गर्ने व्यवस्था मिलाईनेछ।
४. विपद् प्रभावित नागरिकको तत्कालिन राहतका लागि आवश्यक पर्ने खाद्यान्न, खानेपानी, लत्ताकपडा, औषधी, सरसफाई तथा शैक्षिक सामग्री जस्ता वस्तुहरु खरिद गरी उपलब्ध गराउन तथा तत्सम्बन्धी अन्य आवश्यक कार्य गरी तत्काल राहत उपलब्ध गराइनेछ ।
५. गाउँपालिकामा फोहरमैला व्यवस्थापनको लागि डम्पिङ साईट निर्माण गर्ने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology