Logo

२०८३, श्रावण २७गते


images
images

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध चक्काजाम सहित टायर बालेर विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध चक्काजाम सहित टायर बालेर विरोध प्रदर्शन

images
  • पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध चक्काजाम सहित टायर बालेर विरोध प्रदर्शन
    images
    images

    देवदह । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरुद्धमा एक घण्टा चक्काजाम गरेको छ । देवदहको देवदह आदर्श बहुमुखी क्याम्पस अगाडि नाराजुलुस सहित टायर बालेर विद्यार्थीहरूले चक्काजाम गरेका हुन् ।

    images
    images
    images

    सो क्रममा बोल्दै विद्यार्थी नेताहरू कृष्ण पौडेल, अर्जुन गैरे लगायतले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी फिर्ताको माग गरेका थिए । भ्रष्टाचारी र कालोबजारीलाई कार्वाही गर, मुल्यबृद्धी फिर्ता गर लगायतका नारा लेखिएका प्लेकार्ड सहित विद्यार्थीहरू आन्दोलित भएका थिए ।

    images
    images
    images

    विहान ९ बजेतिर गरिएको चक्काजामका कारण विद्यार्थी बोकेका तथा लिन जाँदै गरेका स्कुल बस, अफिस जाने कर्मचारी लगायत सयौं सवारी साधनहरू जाममा फसेका थिए ।

    images
    images
    images

    मुल्यबृद्धिको विरुद्धमा केन्द्रिय सर्कुलर अनुसार देशैभरीका क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।