Logo

२०८३, श्रावण २७गते


images
images

 बैंक र लघुवित्तको ब्याजदर घटाउन र भ्रष्टाचार नियन्त्रण गर्न देवदहमा विरोध प्रदर्शन

 बैंक र लघुवित्तको ब्याजदर घटाउन र भ्रष्टाचार नियन्त्रण गर्न देवदहमा विरोध प्रदर्शन

images
  •  बैंक र लघुवित्तको ब्याजदर घटाउन र भ्रष्टाचार नियन्त्रण गर्न देवदहमा विरोध प्रदर्शन
    images
    images

    देवदह । बैंक तथा लघुवित्तले चर्को ब्याज लिएको र सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै देवदहमा विरोध प्रदर्शन भएको छ । शनिबार देवदह-११ शंकरपुर चोकमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बँचाउ महाअभियान देवदह नगर समितिको ब्यानरमा विरोध प्रदर्शन गरिएको हो । 

    images
    images
    images

    विरोध कार्यक्रममा बोल्दै देशमा भ्रष्टाचार, बेथिति तथा विकृति बढेको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ऋण लिएका सर्वसाधारणलाई दुर्व्यवहार गरेको भन्दै विरोध सभा गरिएको अभियानका रुपन्देही जिल्ला संयोजक धन बहादुर अधिकारीले बताए । 

    images
    images
    images

    विरोध सभामा सो अभियानका युवा दस्ताका केन्द्रिय अध्यक्ष शम्भु थापा, नेताहरू प्रेम थापा, शंकर कोइराला, विवेक गुवाजु, राजु लामा, राम चरण कोहार, टिका पौडेल, रमेश पाण्डे लगायतले बोलेका थिए ।  बक्ताहरुले चरम भ्रष्टाचार र बेथितिका कारण देशमा विकास निर्माण हुन नसकेको र युवाहरू दिन प्रतिदिन रोजगारको शिलशिलमा पलायन हुनुपरेको बताएका थिए । उनीहरूले युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न र अर्थतन्त्रलाई चलायमान गराउन आग्रह गरे ।

    images
    images
    images

    अर्थतन्त्र सुधारका लागि राज्यले ध्यान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाले संयमता अपनाउनु पर्ने व्यावसायीलाई निराश बनाउने कार्य बन्द गर्नुपर्ने आफूहरूको माग रहेको उनीहरूले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विरोध प्रदर्शन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।