Logo

२०८३, आश्विन ११गते


images
images

विषयगत कार्यक्रम सञ्चालनमा सहयोग गर्न विज्ञहरुलाई रुरुक्षेत्र गाउँपालिकाको अनुरोध

विषयगत कार्यक्रम सञ्चालनमा सहयोग गर्न विज्ञहरुलाई रुरुक्षेत्र गाउँपालिकाको अनुरोध

images
  • विषयगत कार्यक्रम सञ्चालनमा सहयोग गर्न विज्ञहरुलाई रुरुक्षेत्र गाउँपालिकाको अनुरोध
    images
    images

    माधव ज्ञवाली,गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीले  गाउँपालिकाले संचालन गर्ने विभिन्न विषयगत कार्यक्रम संचालनमा आवश्यक राय, सुझाव एवं सहयोगका लागि संबंधित विज्ञहरुलाई अनुरोध गरेका छन् ।

    images
    images
    images

    ज्ञवालीले एक सुचना प्रकाशित गर्दै संबंधित क्षेत्रमा योग्यता पुगेका गाउँपालिका भित्र स्थायी बसोबास भएका, देश भित्रका विभिन्न जिल्लामा बसोबास गर्दै आएका र विदेशमा समेत रहनेहरुले  १५ दिनभित्र आफ्नो योग्यता अनुसारको निवेदन गाउँपालिकामा पेश गर्न अथवा गाउँपालिकाको इमेलमा  पठाउन  समेत अनुरोध गरेका छन् ।

    images
    images
    images

    सेतोमसी सङ्ग कुरा गर्दै ज्ञवालीले रुरुक्षेत्रको समग्र विकास र समृद्धिको लागि विषयगत विज्ञहरुको साथ र सहयोग आवश्यक रहेको बताउँदै गाउँपालिकाको विकासमा सबै क्षेत्रबाट साथ र सहयोग मिल्ने कुरामा आफू विश्वस्त रहेको बताए। 

    images
    images
    images

    चिकित्सक, जनस्वास्थ्यविद, इन्जिनियर, अर्थशास्त्री, प्रशासनविद, शिक्षाशास्त्री, समाजशास्त्री, वातावरणविद, पर्यटनविद, कृषि तथा भेटनरी विज्ञ, कानुनविद र सुरक्षाविद लगायत विभिन्न क्षेत्रका विषयगत विज्ञहरुको  सुची तयार गरि आवश्यकता अनुसार सबैबाट सुझाव सल्लाह लिएर मात्र विकास निर्माणका कार्य एवं अन्य कार्य गरिने ज्ञवालीले बताएका छन् । विज्ञको सुचीमा सुचिकृत गर्न निवेदन पेश गर्न संबंधित विषयमा कम्तिमा स्नातक तह उत्तिर्ण भई कम्तीमा दुई वर्षको विषयगत अनुभव भएको हुनुपर्ने पनि ज्ञवालीले बताएका छन् ।

    यसरी आउने विज्ञहरुको टोलिलाई हाल कुनि पनि पारिश्रमिकको ब्यवस्था  भने नभएको  उनले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।