Logo

२०८३, आश्विन ९गते


images
images

नगदे बाली बन्यो उधारोको खेती : नवलपरासीका उखु किसानले पाएनन् पसिनाको मूल्य

नगदे बाली बन्यो उधारोको खेती : नवलपरासीका उखु किसानले पाएनन् पसिनाको मूल्य

images
  • नगदे बाली बन्यो उधारोको खेती : नवलपरासीका उखु किसानले पाएनन् पसिनाको मूल्य
    images
    images

    पश्चिम नवलपरासी ।  मधेशको मलिलो माटो, उखु खेतीका लागि उर्वर भूगोल र पुस्तौँदेखि नगदे बालीका रूपमा उखु रोपेर परिवार पाल्दै आएका पश्चिम नवलपरासीका किसानहरू आज आफ्नै पसिनाको मूल्य पाउन नसकेर भौँतारिन बाध्य छन् । खेतमा दिनरात पसिना बगाएर उत्पादन गरेको उखु चिनी मिललाई बुझाएको वर्षौँ बितिसक्दा पनि भुक्तानी नपाउँदा यहाँका हजारौँ किसान परिवार गम्भीर आर्थिक सङ्कट र मानसिक तनाव झेलिरहेका छन् ।

    images
    images
    images

    उखु किसानका पीडा र आक्रोशका आवाजहरू बारम्बार गाउँका खेतबारीबाट सुरु भएर काठमाडौँको माइतीघर मण्डल, जिल्ला प्रशासन कार्यालयको ढोका हुँदै देशको सर्वोच्च जनप्रतिनिधि संस्था ‘प्रतिनिधिसभा’ सम्म पुग्ने गरेका छन् । तर, पटक-पटक  सडकदेखि सदनसम्म यो मुद्दा जोडदार रूपमा उठ्दा पनि किसानको समस्या समाधान हुनुको सट्टा झन् पछि झन् जटिल बन्दै गएको छ ।

    images
    images
    images

    पश्चिम नवलपरासीका मुख्य दुई चिनी उद्योगहरू प्रतापपुरस्थित इन्दिरा सुगर मिल र सुनवलस्थित लुम्बिनी चिनी उद्योगले किसानलाई वर्षौँदेखि करोडौँ रुपैयाँ बक्यौता तिर्न बाँकी राखेका छन् । प्रतापपुरमा रहेको इन्दिरा सुगर मिलले विगत वर्षौंदेखि किसानको करिब ८ करोड रुपैयाँ (गत वर्षको ६ देखि ८ करोड बक्यौता) भुक्तानी दिएको छैन । मिल विगत दुई वर्षदेखि पूर्ण रूपमा बन्द छ भने यसका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन (फरार) छन् । पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीका अनुसार सञ्चालक अग्रवालविरुद्ध प्रहरीमा ठगी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ र उनको खोजी भइरहेको छ ।

    images
    images
    images

    यता, सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगको अवस्था पनि उस्तै निराशाजनक छ । यो मिलले विगत २–३ वर्षदेखि किसानहरूलाई दिनुपर्ने करिब १० करोड रुपैयाँ (विभिन्न सिजनको गरी ) भुक्तानी रोकेर राखेको छ । उद्योगले चिनी  बहाना बनाउँदै भुक्तानी टार्दै आएको छ ।

    उखु किसानको यही मर्मस्पर्शी अवस्थालाई लिएर पश्चिम नवलपरासीका संघीय सांसद विक्रम खनालले संघीय सदनमा उखु मिल सञ्चालक र उद्योगीहरूको गैरजिम्मेवारपनप्रति कडा आपत्ति जनाए । सांसद खनालले भने, "सरकारले उखु किसानलाई दिने अनुदान रकम यसपटक समयमै भुक्तानी दिएकोमा धन्यवाद छ। तर, सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ भुक्तानी त दियो, तर उद्योगहरूले दिनुपर्ने ६२० रुपैयाँ किसानहरूले अझै पाएका छैनन् । चाडपर्व आइसकेको छ, उखु मिलको पैसा सञ्चालकहरूसँग छ तर किसानहरू भने आर्थिक सङ्कटले बिचल्लीमा परेका छन् । किसानहरूको बक्यौता रकम तुरुन्त भुक्तानी गराउन र दोषी उद्योगीहरूलाई कारबाही गर्न म सभामुख महोदयमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।  

    सडकको आन्दोलनदेखि सदनको घेराबन्दीसम्म : उपलब्धि शून्य?

    नवलपरासीका उखु किसानहरूले भुक्तानीका लागि नगरेका प्रयास बाँकी छैनन् । जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने, काठमाडौँको माइतीघरमा पुगेर चिसो भुइँमा आन्दोलन गर्नेसम्मका काम उनीहरूले गरे ।

    सदनमा सांसदहरूले पटक-पटक कुरा उठाए, तर उद्योगीहरूले  किसानलाई अल्झाउने काम गरे । उखु बेचेर छोराछोरीको पढाइ, औषधिउपचार, घर खर्च र बैंकको ऋण तिर्ने सपना बुनेका किसानहरू आज साहुको ऋण र बैंकको ब्याजको दलदलमा फसेका छन् ।

    "नगदे बाली" भनिएको उखु आज नवलपरासीका किसानका लागि "उधारो र दु:खद् बाली" बनेको छ । राज्यले कानुनी र प्रशासनिक कडाइका साथ फरार र गैरजिम्मेवार चिनी मिल सञ्चालकहरूको सम्पत्ति लिलाम गरेरै भए पनि किसानको पसिनाको मूल्य तुरुन्त दिलाउनुपर्ने माग नवलपरासीका किसानहरूको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।