Logo

२०८३, आश्विन ९गते


images
images

टप एन्ड सिरिज

टप एन्ड सिरिजमा नेपाल ए को पहिलो जित, होबर्ट ३९ रनले पराजित

टप एन्ड सिरिजमा नेपाल ए को पहिलो जित, होबर्ट ३९ रनले पराजित

images
  • टप एन्ड सिरिजमा नेपाल ए को पहिलो जित, होबर्ट ३९ रनले पराजित
    images
    images

    काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए' ले पहिलो जित हासिल गरेको छ । नेपाल ए ले सोमबार सम्पन्न खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको १५५ रनको लक्ष्य पछाएको होबर्ट हुरिक्यान्स एकेडेमीले १८.३ ओभरमा अलआउट हुदै ११५ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    होबर्ट हुरिक्यान्स एकेडेमीका लागि नितेश सामुएलले सर्बाधिक ३७ रन बनाए भने टिम वार्डले २३ र कप्तान निभेथान राधाकृष्णनले २० रन बनाएका थिए । त्यसैगरी, नेपाली बलर नारायण जोशीले ३ विकेट लिए भने शाहाब आलम र पवन सराफले २-२ विकेट तथा विपिन खत्रीले एक लिएका थिए ।  

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाउदै १५४ रन बनाएको थियो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ३९ रन बनाए भने मयन यादवले ३१, कप्तान अनिल शाहले २८ र लोकेश बमले २० रन बनाएका थिए ।

    त्यस्तै होबर्ट हुरिक्यान्स एकेडेमीका राफ म्याकमिलनले ३ र मार्कस बीनले २ विकेट लिएका थिए ।

    यसअघि लगातार दुई खेल हारेको नेपाल ए को यो पहिलो जित हो । नेपाल ए ले अर्को खेल अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप एन्ड सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।