Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

images
  • कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
    images
    images

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।  कोशी प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । 

    images
    images
    images

    मत विभाजनमा विश्वासको मतको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । त्यस्तै ४ मत तटस्थमा परेको थियो । ९२ सदस्य कायम रहेको कोशी प्रदेश सभाको आजको मत विभाजनमा ८३ सांसद उपस्थित रहेका थिए ।  

    images
    images
    images

    ९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।  हाल एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ सांसद छन् । प्रदेशसभामा कांग्रेसका २९, एमालेका ४०, नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाका ५ र जसपाका १ सांसद छन् भने राप्रपाका पाँसभामुखसहित पाँच सांसद छन् । 

    images
    images
    images

    यसअघि कांग्रेसले भदौ ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । कांग्रेसले समर्थन फिर्ता लिए पनि एमालेले नेपाली कम्युनिष्ट पार्टीलाई सरकारमा सहभागी गराएर नयाँ सत्ता समीकरण बनाएको छ ।

    मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ मा मुख्यमन्क्री नियुत्त भएपछि उनले वैशाख ३१ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए ।

    त्यसपछि सत्ता समीकरण फेरिएर एमाले र कांग्रेसबीच सहकार्य बनेपछि कार्कीले २०८१ असोज २ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला ८३ सांसदले मतदानमा भाग लिएकोमा उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी
  • # मुख्यमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।