Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

कर्णालीको मुख्यमन्त्रीमा शाहीको दाबी पेश

कर्णालीको मुख्यमन्त्रीमा शाहीको दाबी पेश

images
  • कर्णालीको मुख्यमन्त्रीमा शाहीको दाबी पेश
    images
    images

    सुर्खेत । कर्णालीमा मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मंगलबहादुर शाहीको दाबी पेस गरेका छन् । नेकपा कर्णाली संसदीय दलका नेता शाहीले मंगलबार प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । मुगुका शाहीलाई एमालेका प्रदेश सांसदको समर्थन रहेको छ । 

    images
    images
    images

    प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए । यो सँगै कर्णाली प्रदेश सरकारको पाँचौ मुख्यमन्त्रीका रुपमा शाही मुख्यमन्त्री नियुक्त हुँदै छन् ।

    images
    images
    images

    शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए । शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् ।

    images
    images
    images

    ४२ सदस्यीय प्रदेश सभामा शाहीलाई नेकपा एमाले र नेकपाका २४ सांसदको समर्थन गरेको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।