Logo

२०८३, श्रावण २७गते


images
images

'एसपीपी' मा संलग्न हुन ओली प्रधानमन्त्री हुँदा नेपाली सेनाले पत्राचार गरेको पुष्टि

'एसपीपी' मा संलग्न हुन ओली प्रधानमन्त्री हुँदा नेपाली सेनाले पत्राचार गरेको पुष्टि

images
  • 'एसपीपी' मा संलग्न हुन ओली प्रधानमन्त्री हुँदा नेपाली सेनाले पत्राचार गरेको पुष्टि
    images
    images

    काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाली सेनाले अमेरिकासँग पत्राचार गरेको पुष्टि भएको छ ।

    images
    images
    images

    सेनाले सन् २०१५ को २७ अक्टोबर अर्थात् २०७२ कात्तिक १० गते पत्राचार गरेको तथ्य खुलेको हो । तत्कालीन ओली सरकारले नेपाली सेनार्फत् अमेरिकासँग एसपीपी सम्बन्ध कायम गर्न माग गर्दै पत्राचार गरेको देखिन आएको हो ।

    images
    images
    images

    सेनाले २७ अक्टोबर २०१५ (१० कार्तिक २०७२) मा तत्कालीन अमेरिकी राजदूत एलाइना बि. टेप्लिजलाई सम्बोधन गर्दै लेखेको पत्रमा नेपालमा एसपीपी कार्यान्वयन गर्न पाउनु नेपालका लागि सम्मानको विषय भएको उल्लेख गर्दै पत्राचार गरेको थियो ।

    images
    images
    images

    त्यतिबेला ओली पहिलो पटक प्रधानमन्त्री हुनुभएको १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो । ओली २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।