असार २-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता रोक्न नेतृत्व गरेको बताएका छन् । स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अहिले मौका छोपेर वाह्य सेना उपस्थिति गराउने खालका सम्झौता गर्न खोजिएको उनको भनाइ छ । ‘त्यसको सम्बन्धमा हाम्रो पार्टीले बोलिरहेको छ । हाम्रा जनसंगठन मैदानमा उत्रिराखेका छन् । हाम्रा सांसद संसदमा प्रश्न उठाइ राखेका छन् । यस्ता कुराहरूको विरोध गरिरहेका छन्,’ उनले भने ।
देशविरुद्ध कुनै पनि काम कारबाही खडा हुन नपाउन भन्ने कुराको आफूहरु सजक रहेको ओलीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology