बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्य तथ्य बुझनका लागि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको छ । आज दिउँसो बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निणर्य गरेको हो ।
जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको सरकारका प्रबक्ता तिलकराम शर्माले बताए ।
मन्त्रीपरिषदले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९।०८० को बजेट स्वीकृतका पेशका लागि स्वीकृत प्रदान गर्ने, प्रदेश सकरार विकास पहिलो संसोधन अध्यादेश २०७८ प्रतिस्थान विधेयक, आइसोलेन अस्पतालमा सेवा निरन्तर जनशक्ति कार्यरत जनशक्ति कार्यरत थप गर्ने लगायतका निणर्य गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology