रिया बस्नेत क्षेत्री, बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वलीले मन्त्री पदबाट राजीनामा दिएकी छिन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वलीमाथि भइरहेको छानबिनबारे सदनमा प्रश्न उठाएपछि जवाफ दिँदै मुख्यमन्त्री केसीले राजीनामा स्वीकृत भइसकेको जनाएका थिए ।
‘ व्याक्तिगत लेनदेनकाे कराेवार भएकाे कारण छानबिन समितिले दाेषि ठाहर गरेमा लुम्बिनी प्रदेशकाे स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्य मन्त्री पदबाट मात्रै हैन प्रदेश संसद र पाटिकाे सबै जिम्मेवारी पदबाद राजिनामा दिन्छु उनले भनिन’ ।
‘ व्याक्तिगत लेनदेनकाे बारेमा भएकाे विवादलाई लिएर प्रदेश सभामा उठेका बिषय र प्रदेश सरकारले उक्त घटना बारे छानबिन समित गठन गरि छानबिन प्रक्रिया आगाडी बढाएकाे हुनाले सत्य तथ्य बाहिर आउने गरि छानविन सहज हाेस भनी राजिनामा दिएकाे उक्त राजिनामा पत्रमा उल्लेख गरिएकाे छ, ।
मुख्यमन्त्री केसीले यही असार १२ गते वलीले राज्यमन्त्री पदबाट राजीनामा दिएको पनि प्रदेशसभामा जानकारी दिएका थिए । पति उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् ।
श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा वली तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकाे जनाएकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।
तर, जेठ अन्तिममा दाङका वाईसीएल नेता भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई हातपात गरेको आरोपपछि त्यसबारे छानबिन गर्न प्रदेश सरकारले आन्तरिक मामिला मन्त्री तिलकराम शर्माको नेतृत्वमा समिति समेत गठन गरेको थियो । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology