Logo

२०८३, आश्विन १०गते


images
images

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

images
  • मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    images
    images

    काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज निर्माणको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले सरकारले मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ ।

    images
    images
    images

    आगामी भदौ २० गते मनाइने दिवसका लागि 'प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता' भन्ने राष्ट्रिय नारा तय गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    प्रविधिको तीव्र विस्तारसँगै मानव बेचबिखन तथा ओसारपसारका स्वरूप र माध्यमसमेत परिवर्तन भइरहेको सन्दर्भमा प्रविधिको सही प्रयोग र नागरिक सजगतालाई बेचबिखन रोकथामको महत्वपूर्ण आधारका रूपमा अघि सार्दै यस वर्षको नारा तय गरिएको हो ।

    images
    images
    images

    विशेषगरी सामाजिक सञ्जाल, अनलाइन रोजगारी तथा वैदेशिक रोजगारीका नाममा हुने झुटा प्रलोभन, ठगी र शोषणबाट नागरिकलाई जोगाउन डिजिटल माध्यमको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य नाराले बोकेको छ ।

    मन्त्रालयका अनुसार दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण, रोकथाम, पीडितको संरक्षण तथा पुनर्स्थापना र सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सन्देश प्रवाह गरिनेछ ।

    मानव बेचबिखन नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले सामूहिक ऐक्यबद्धतामार्फत मानव बेचबिखनमुक्त राष्ट्र निर्माणमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मानव बेचबिखन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।