Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

मानव बेचबिखन नियन्त्रणमा सबै पक्षको एकीकृत प्रयास आवश्यक- महानिरीक्षक कार्की

मानव बेचबिखन नियन्त्रणमा सबै पक्षको एकीकृत प्रयास आवश्यक- महानिरीक्षक कार्की

images
  • मानव बेचबिखन नियन्त्रणमा सबै पक्षको एकीकृत प्रयास आवश्यक- महानिरीक्षक कार्की
    images
    images

    काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन संगठित तथा अन्तर्राष्ट्रिय अपराधसँग जोडिएको गम्भीर समस्या भएकाले यसको नियन्त्रणका लागि सुरक्षा निकाय, न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्। 

    images
    images
    images

    अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस-२०२६ को अवसरमा नेपाल प्रहरी र माइती नेपालको संयुक्त आयोजनामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध र अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिन थालेको उल्लेख गरे । उनले पीडितका कानुनी कागजातको दुरुपयोग, साइबर स्क्याम, वैदेशिक रोजगारी र शैक्षिक परामर्श केन्द्रको आवरणमा हुने मानव तस्करीजस्ता गतिविधि नयाँ चुनौतीका रूपमा देखिएको भन्दै नेपाल प्रहरीले सूचना सङ्कलन प्रणाली सुदृढ बनाउने, सीमा क्षेत्रमा निगरानी बढाउने, जोखिममा रहेका यात्रुको पहिचान गर्ने तथा गैरकानुनी गतिविधिमा संलग्न संस्थामाथि कडा निगरानी र कारबाही गरिरहेको जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले आगामी एक वर्षसम्म मानव बेचबिखनविरुद्ध राष्ट्रिय सचेतना अभियानमा सहकार्य गर्ने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानपत्र प्रदान गरे। उनीहरूले आफ्नो कला र लोकप्रियतामार्फत मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

    अन्तरक्रियामा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले मानव बेचबिखन, सुरक्षित आप्रवासन, विद्यमान चुनौती र समाधानका उपायबारे प्रस्तुति दिएका थिए। साथै नेपाल प्रहरी र माइती नेपालले तयार पारेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको थियो। कार्यक्रममा मानव बेचबिखन नियन्त्रण, पीडित संरक्षण, डिजिटल सुरक्षाको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा सुरक्षित वैदेशिक रोजगारीलगायत विषयमा व्यापक छलफल भएको थियो। नेपाल प्रहरीले मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण र अपराधीमाथि प्रभावकारी कारबाहीका लागि प्रतिबद्ध रहेको जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मानव बेचबिखन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।