Logo

२०८३, श्रावण २७गते


images
images

३२ वर्षपछि पक्राउ परे मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी

३२ वर्षपछि पक्राउ परे मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी

images
  • ३२ वर्षपछि पक्राउ परे मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी
    प्रतीकात्मक तस्बिर
    images
    images

    काठमाडौं । मानव बेचबिखन मुद्दामा फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्। 

    images
    images
    images

    धादिङ मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्।

    images
    images
    images

    मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई बुधबार ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट पक्राउ गरेको हो।

    images
    images
    images

    एक महिलालाई ब्रुनाइ पठाइदिन्छु भन्दै झुक्याएर २०४७ चैत ३ गते भारतको पश्चिम बंगाल पुर्‍याएको आरोप छ। काठमाडौंबाट लगेर काकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोरामा पुर्‍याएर बेचेको ब्युरोले जनाएको छ। 

    तामाङले भारतीय नागरिकसँग १० हजार भारतीय रुपैयाँ लिएर ती महिलालाई बेचेको अनुसन्धानबाट खुलेको एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए। 

    भारतीय नागरिकले रिक्सामा राखेर लग्दै गरेको बेलामा ती महिला हामफालेर भागेकी थिइन्। भागेर उनी भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। भारतीय प्रहरीले उनलाई काकडभिट्टासम्म पुर्‍याएपछि उनी घर फर्किएकी हुन्। 

    उनले स्वदेश फर्किनसाथ प्रहरीमा जाहेरी दिएपनि प्रतिवादी तामाङ पक्राउ पर्न सकेका थिएनन्। लामो समयको निगरानी र खोजतलास गर्दा बुधबार पक्राउ परेको एसपी पंगेनीले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मानव बेचबिखन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।