काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ७०७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ७०७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय १४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार १४२ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ७८ हजार ४१८ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ५४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology