Logo

२०८३, भाद्र १गते


images
images

ग्रीन प्लान्टमा चारदिने प्रशिक्षण : ९०० अभिभावक, १८० विद्यार्थी र १०० जना शिक्षक-कर्मचारी प्रशिक्षित

ग्रीन प्लान्टमा चारदिने प्रशिक्षण : ९०० अभिभावक, १८० विद्यार्थी र १०० जना शिक्षक-कर्मचारी प्रशिक्षित

images
  • ग्रीन प्लान्टमा चारदिने प्रशिक्षण : ९०० अभिभावक, १८० विद्यार्थी र १०० जना शिक्षक-कर्मचारी प्रशिक्षित
    images
    images

    देवदह । रुपन्देहीको देवदह–७ स्थित ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयमा आयोजित चारदिने प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । 

    images
    images
    images

    प्रशिक्षणमा ९०० जनाभन्दा बढी अभिभावक, कक्षा ८ र १० मा अध्ययनरत १८० जना विद्यार्थी तथा करिब १०० जना शिक्षक–कर्मचारीको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल राजीव सापकोटाले जानकारी दिए । 

    images
    images
    images

    अभिभावाकलाई बदलिँदो परिस्थितिमा बालबालिकाको रेखदेख सम्बन्धि, विद्यार्थीलाई देशको परिक्षा प्रणाली र व्यावहारिक ज्ञान तथा शिक्षकलाई कार्यसम्पादन सम्बन्धि प्रशिक्षण दिइएको विद्यालयले जनाएको छ । 
     
    'बदलिँदो परिस्थितिमा बालबालिकाको रेखदेख तथा अभिभावकत्व कसरी प्रभावकारी बनाउने, बालबालिकासँग अभिभावकले गर्ने व्यवहार, घरमा सिकाइका लागि उपयुक्त वातावरण निर्माण, बालबालिकाको क्षमता तथा रुचि पहिचान, अनुशासन, सकारात्मक अभिभावकत्व र विद्यालय तथा अभिभावकबीचको सहकार्यलगायतका विषयमा प्रशिक्षण केन्द्रित रह्यो' प्रिन्सिपल सापकोटाले सेतोमसीसंग भने । 

    images
    images
    images

    कार्यक्रमको समापन समारोहमा बोल्दै देवदह प्याब्सनका अध्यक्ष रामबहादुर गुरुङले बालबालिकाको भविष्य निर्माणमा विद्यालयसँगै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताए । विद्यालयमा सिकेका कुरालाई घरमा समेत निरन्तरता दिन सके बालबालिकाको सिकाइ थप प्रभावकारी हुने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । उनले अभिभावकको क्षमता अभिवृद्धिका लागि प्याब्सन देवदहले पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बताए ।

    विद्यालय संचालन समिति अध्यक्ष विष्णु प्रसाद पोखरेलले अभिभावकलाई बालबालिकाको सिकाइ प्रक्रियासँग जोड्दै उनीहरूको क्षमता, रुचि र आवश्यकतालाई बुझेर अघि बढ्न प्रशिक्षणले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले विद्यालयले पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यार्थी, अभिभावक तथा शिक्षकको क्षमता विकासमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    शिक्षाविद् तथा शैक्षिक उद्यमी कमल सिलवाल सहजीकरण रहेको कार्यक्रममा अभिभावक तुल्सी खनाल, सुमन पाण्डे, सुशीला गैरे र शर्मिला पन्थले प्रशिक्षणका विषयवस्तु तथा प्रभावकारिताबारे प्रतिक्रिया दिएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्राचार्य शंकर सुवेदीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।