Logo

२०८३, भाद्र १गते


images
images

पुनर्निर्माणपछि पुरानै स्थानबाट सञ्चालनमा आयो वर्ल्डलिंकको खैरेनी कार्यालय

पुनर्निर्माणपछि पुरानै स्थानबाट सञ्चालनमा आयो वर्ल्डलिंकको खैरेनी कार्यालय

images
  • पुनर्निर्माणपछि पुरानै स्थानबाट सञ्चालनमा आयो वर्ल्डलिंकको खैरेनी कार्यालय
    images
    images

    देवदह । आगलागीबाट क्षति भएको वर्ल्डलिंक कम्युनिकेसन्सको देवदह–खैरेनीस्थित कार्यालय पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ ।

    images
    images
    images

    गत फागुनमा वर्ल्डलिंकको कार्यालय रहेको भवनमा आगलागी भएको थियो । आगलागीबाट कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएपछि वैकल्पिक व्यवस्थामार्फत वर्ल्डलिंकले सेवा सञ्चालन गरेको थियो  ।

    images
    images
    images

    आगलागीपछि कार्यालयको आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम सम्पन्न गरी वर्ल्डलिंकले पुरानै स्थानबाट सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार नयाँ व्यवस्थापनसहितको कार्यालयबाट देवदह–खैरेनी–सुनवल क्षेत्रका ग्राहकलाई नियमित रूपमा सेवा प्रदान गरिनेछ ।

    images
    images
    images

    नयाँ कार्यालयको सोमबार २०८३ साल भदौ १ गते औपचारिक उद्घाटनसमेत गरिएको छ ।  

    पुनर्निर्माणपछि पुरानै स्थानबाट सेवा सुरु भएसँगै देवदह, खैरेनी तथा सुनवल आसपासका वर्ल्डलिंक ग्राहकलाई सेवा लिन सहज हुने कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।