देवदह । देवदह बुद्ध पब्लिक आवासीय मा.वि.मा अन्तर कक्षागता वक्तृत्वकला छनोट प्रतियोगिता सम्पन्न भएको छ । वार्षिक शैक्षिक क्यालेन्डर अनुसार विद्यार्थीमा रहेका प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा भएको कार्यक्रममा कक्षा ७, ८ र ९ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षागत सेक्सनबाट छनोट भई आएका छात्र छात्रा बिच भएको शुक्रबारको प्रतिस्पर्धा निकै रोचक भएको निर्णायक सीमा अधिकारीले जानकारी दिइन् ।
विभिन्न चरणका ४० प्रतियोगिबाट छनोट भएका १० विद्यार्थी बिच सोमबार प्रतिस्पर्धा बनाई बिजेता ५ विद्यार्थीलाई पुरस्कृत गरिने अतिरिक्त क्रियाकलाप प्रमुख मरासिनीले बताए ।
कार्यक्रममा प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद सूर्यवंशी मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा लगायत शिक्षक, शिक्षिकाको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology