अनिष पन्थी, गुल्मी ।गुल्मीमा नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ।
रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा रेसुङ्गा नगरपालिकाका प्रमुख,उपप्रमुख र १४ ओटा वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
नवनर्विाचित जनप्रतिनिधिहरुलाई सबै बिषयमा जानकारी नभएको भन्दै नगरपालिकाले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।
‘धेरै विषयवस्तुमा नयाँ जनप्रतिनिधिहरु अनविज्ञ रहेकोले अभिमुखिकरण कार्यक्रम आयोजना गरेका हौं ।” नगरपालिकाका प्रमुख पन्थीले भने, “अभिमुखिकरण पछि वडाध्यक्ष लगायत सबै जनप्रतिनिधिहरुलाई काम गर्न सजिलो हुनेछ ।” उनले सबै वडाध्यक्षहरुलाई नागरिकको सेवा छिटो, छरितो र सहज रुपमा गर्न पनि आग्रह गरे ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कार्यक्रमको सहजीकरण गर्दै नेपालको संघिय प्राणलिको बारेमा जानकारी दिएका थिए।संघीय राज्य सरचनाको बारेमा जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत मरासिनीले तीन तहका सरकार बिचको अन्तरसम्बन्ध को बारेमा अभिमुखिकरण दिएका थिए।
राजनीति तथा कार्यपालिका अन्तरसम्बन्ध,न्यायक अन्तरसम्बन्ध ,बितिय अन्तरसम्बन्ध ,संघ प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्धको बारेमा अभिमुखिकरण दिएका थिए।योजना सङगठन नेतृत्व निर्देशन दिने दायित्व नगर प्रमुख र उपप्रमुखको भएको बताउँदै अरु जिम्मेवारी वडाध्यक्ष र कार्यपालिका सदस्यले पूरा गर्नुपर्ने बताए ।
नेपाली नागरिकता सिफारिस सम्वन्धी अभिमुखिकरण दिदै सायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले नागरिकता सम्वन्धी किसिम र प्राप्त गर्ने आधरका बारेमा जानकारी दिएका थिए।'नागरिकता प्राप्त गर्न उपयुक्त छ कि छैन ' त्यसको बारेमा राम्रोसँग बुझेर मात्र वडाध्यक्षले सिफारिस दिनुपर्नेमा जोड दिएका छन।
यस्तै कार्यक्रममा मालपोत सम्वम्धी अभिमुखिकरण जिल्ला मालपोत कार्यालय गुल्मीका रामचन्द्र गौतमले प्रशिक्षण दिएका थिए।नगरपालिकाका बिनोद मरासिनीले स्थानीय तहको योजना दिग्दर्शनको बारेमा जानकारी दिएका थिए।
कार्यक्रममा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले राखेको जिज्ञासा सम्वन्धित बिषयका जानकारहरुले प्रष्ट पारेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology