Logo

२०८३, कार्तिक २६गते


images
images

सबै समुदायलाई समुन्नत बनाउँछौं :  नगरप्रमुख पन्थी

सबै समुदायलाई समुन्नत बनाउँछौं :  नगरप्रमुख पन्थी

images
  • सबै समुदायलाई समुन्नत बनाउँछौं :  नगरप्रमुख पन्थी
    images

    गुल्मी ।रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको तर्फबाट समग्र  विद्यालयको हकहितमा काम हुने बताएका छन् । तम्घासमा रहेको मदरसा अहले सुन्नत प्राथमिक विद्यालयको बार्षिक उत्सव, नतिजा प्रकाशन समारोह कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिकाका प्रमुख पन्थीले यस्तो बताएका हुन् ।

    images
    images
    images

    सबै मिलेर अगाडि बढे मात्र समुन्नत नगरपालिका बनाउन सम्भव रहेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले दाबी गरे । ‘मानिस ठूलो भन्दा असल बन्नुपर्दछ ।’ नगरपालिकाका प्रमुख पन्थीले भने, “सबै मिलेर अगाडि बढेमा नगरपालिका सजिलै समुन्नत बन्छ ।” विद्यालयको समग्र समस्या राख्न आग्रह गर्दै आफू बिना स्वार्थ जनताको सेवामा तप्पर रहेको पनि नेपाली काँग्रेस गुल्मीका सभापति समेत रहेका पन्थीले बताए ।

    images
    images
    images

    कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष राम्जी पन्थीले वडाको तर्फबाट विद्यालयलाई सदैब सहयोग हुने बताए । उक्त विद्यालयका संचालक समिति अध्यक्ष खुसदिन मियाँ अलीले विद्यालयमा अहिले मुस्लिम समुदायका ८० जना विद्यार्थीले अध्ययन गर्ने बताए । उनका अनुसार उक्त विद्यालयमा उत्तिर्ण विद्यार्थी, अनुशासित विद्यार्थी तथा सरसफाईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।