Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन मन्त्री सोबिता गौतमले विधेयक प्रस्तुत गर्ने

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन मन्त्री सोबिता गौतमले विधेयक प्रस्तुत गर्ने

images
  • प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन मन्त्री सोबिता गौतमले विधेयक प्रस्तुत गर्ने
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक शुरु हुदैछ ।

    images
    images
    images

    आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३' पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले (क) 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले (क) 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३'  प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले (क) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनालले (क) 'राहदानी (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र (ख) राहदानी (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।