Logo

२०८३, आश्विन ९गते


images
images

आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

images
  • आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज बिहान ९ बजे कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था, समस्या र सम्बर्धनमा आयोगको भूमिका विषयमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल हुदैछ । त्यस्तै समितिको आजको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पेसको कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज बिहान ८ बजेदेखि बस्ने पूर्वाधार विकास समितिको बैठकमा मुलुकभरको खानेपानी व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

    त्यसैगरी आज बिहान साढे ८ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कार्यकारी निर्देशक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र विषय विज्ञ डा. गोपाल चौधरीसँग छलफलको कार्यसूची रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।