Logo

२०८३, कार्तिक २६गते


images
images

कानुन मन्त्री सोबिता गौतमले प्रतिनिधि सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

कानुन मन्त्री सोबिता गौतमले प्रतिनिधि सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

images
  • कानुन मन्त्री सोबिता गौतमले प्रतिनिधि सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज विहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    images
    images
    images

    आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१ / २०८२' र 'अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौं वार्षिक प्रतिवेदन २०८१/२०८२'  पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'राष्ट्रिय सेवा दल विधेयक, २०८३'  लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने साथै 'राष्ट्रिय सेवा दल विधेयक, २०८३' र 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची रहेको छ ।

    images
    images

    त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको 'पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।