गुल्मी । गुल्मी मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल सहितको टीम मतदाता भेटभाटमा निस्किएको छ ।
वडा नम्बर ९ का ददल्काबासीहरु सँग भेटघाट, अन्तरक्रिया तथा मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा सहभागी प्रमुख खरेल लगायतहुनु उपप्रमुख गंगा श्रेष्ठ, निबर्तमान नगर उपप्रमुख कमला शर्मा, मुसिकोट नगरपालिका मुसिकोट नगरपालिका ६ का वडाध्यक्ष खड्ग बहादुर खड्का लगायतको टोली गाउँ तिर लागेको हो ।
मुसिकोट नगरपालिका वडा नम्बर ९ को ददल्का गाउँको राम मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै खरेलले आफूहरूको ५ वर्षे कार्यकालमा सबै जनताहरुले विजय हासिल गरेको अनुभूति दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अमूल्य मत प्रदान गरेर पाँच वर्षको लागि काम गर्ने अवसर प्रदान गरेकोमा उनले मतदातालाई धन्यवाद दिए ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख गंगा श्रेष्ठले मुनपा ९ का मतदाताहरु लाई धन्यवाद ज्ञापन गर्दै जनताहरूको चाहना र माग अनुसार विकास निर्माणका कामहरु लाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology