Logo

२०८३, श्रावण २७गते


images
images

मुसिकोट थुम्का:निदाए जनप्रतिनिधि पुगेन बिकास 

मुसिकोट थुम्का:निदाए जनप्रतिनिधि पुगेन बिकास 

images
  • मुसिकोट थुम्का:निदाए जनप्रतिनिधि पुगेन बिकास 
    images
    images

     

    images
    images
    images

    सुनिल न्यौपाने गुल्मी - गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं.३ थुम्काका जनताले  स्थानीय सरकार आएको चार बर्ष पुरा भइरहदा समेत  बिकासको दियो बोल्छ कि भनी हेरिरहेका  थिए तर विडम्बना त्यस ठाउँमा आज यतिका बर्ष बितिसक्दा समेत कुनै बिकासको योजना अगाडि सारिएको छैन। मुसिकोट नगरपालिकामा सबै भन्दा पिछाडिएको ठाउ भनेर सोही नगरपालिकाको वडा नं.३ थुम्का भनेर दाबीका साथ भन्न सकिन्छ। मुसिकोट नगरपालिका वडा नं-३ को केही ठाउँमा बाटो पुग्यो सरकारी भवन ,पार्क ,मन्दिर बनिरहदा त्यस ठाउँमा भने पुगेका मोटरबाटा,खानेपानी,विद्युत,बिद्यालय समेतलाई अलपत्र पार्ने काम वडा कार्यलयले गरिरहेको छ ।
    मुसिकोट नगरपालिका द्वारा कृषि कार्यक्रम, अनुदान लगायतका अनेकौं योजना वडामा आइरहदा त्यस ठाउँमा कुनै पनि योजनाले अवसर नपाउनु असक्षम, बिकासको भिजन बिहिन जनप्रतिनिधि रहदा गाउलाई पछाडी पारिएको मुसिकोट नगरपालिका वडा नं-३ थुम्का का स्थानीयहरु ले बताएका छन। 

    images
    images
    images


    यस बिषयमा सोही वडाका एक जनप्रतिनिधि संङ्ग नाम नबताउने सर्तमा कुरा गर्दा पक्कै पनि आज स्थानीय सरकार बनिसके पछि हामी निर्वाचीत भएर आएको चार बर्ष बितिसक्दा समेत हरेक बिकासको बिषयमा त्यस ठाउँलाई नसम्झिएको स्वीकार गरेका छन बोल्दै उनले आफ्नो वडाको टिममा कुरा नमिल्दा र बिकासको नाममा राजनीतिक रजाइँ गर्ने वडाको  नेतृत्व हुदा मुसिकोट नगरपालिका वडा नं-३ थुम्कालाई बिकास बिहिन बनाएर अलपत्र पारेको उनको आरोप थियो ।

    images
    images
    images


    उक्त गाउँ मुसिकोट कै  बिकासको नजरमा पछाडि पर्नुको मुख्य कारण त्यस भेगका बासिन्दाले त्यहा रहेका समस्या  बताउन नसक्नु रहेता पनि चुनाबमा गाउँका बस्ती बस्तीमा पुगेर अनेकौं  बिकासका आश देखाउने र चुनाब जितिसकेपछी गाउँ नफर्किने जनप्रतिनिधि पाउदा मुसिकोट नगरपालिका-३ थुक्मा मात्र होईन सयौं गाउँ बिकास बिहिन भएका छन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।