Logo

२०८३, श्रावण २७गते


images
images

बिश्व वातावरण दिवस : गुल्मीमा बृक्षारोपण गरि मनाइयो 

बिश्व वातावरण दिवस : गुल्मीमा बृक्षारोपण गरि मनाइयो 

images
  • बिश्व वातावरण दिवस : गुल्मीमा बृक्षारोपण गरि मनाइयो 
    images
    images

    गुल्मी । गुल्मीमा बिरुवा रोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ । आइतवार जिल्लाको सदरमुकाम तम्घासको रेसुङ्गा बाल उद्यान धारामूल सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा रोपण गरेर विश्व वातावरण दिवस मनाइएको हो ।

    images
    images
    images

    डिभिजन कार्यालय गुल्मीको आयोजनामा उक्त क्षेत्रमा धुपी, कल्की, रिठा र चाप प्रजातिका ७० विरुवा लगाइएको कार्यालयले जनाएको छ । विरुवा रोपणको सुरुवात गर्दै प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले वातावरण सबैले सफा र स्वच्छ राख्दै संरक्षण गर्नुपर्ने बताएका थिए । पछिल्लो समय वातावरण प्रदुषण बढिरहेकोले वातावरण सफा र स्वच्छ राख्न सबै लाग्नुपर्ने भन्दै लगाइएको विरुवाको उचित संरक्षण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी गैरेको जोड रहेको छ ।

    images
    images
    images

    कार्यक्रममा विरुवा रोपण क्षेत्र रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले वडाले बिरुवाहरुको संरक्षण गर्ने बताएका थिए । वातावरण संरक्षण गर्नु भनेको मुख्य बिरुवाको संरक्षण गर्नुपर्ने भन्दै वडाध्यक्ष पाण्डेले आफ्नो वडामा विरुवा रोपेर विश्व वातावरण दिवस मनाएकोमा डिभिजन वन कार्यालयलाई धन्यवाद ब्यक्त गरे ।

    images
    images
    images

    डिभिजन वन कार्यालय गुल्मीका डिभिजन वन अधिकृत प्रभात सापकोटाले वातावरणका लागि विरुवा रोपण नै महत्त्वपूर्ण भएकोले आफुहरुले विरुवा रोपेर दिवस मनाएको बताए । सन् १९७२ मा संयुक्त राष्ट्र संघले वातावरण जोगाउन बिशेष खालको कार्यक्रम ल्याउनुपर्ने भन्दै सन् १९७३ देखि अन्तर्राष्ट्रिय रूपमा विश्व वातावरण दिवस मनाउन सुरु भएको थियो ।

    यस पटकको विश्व वातावरण दिवस ‘पृथ्वीको संरक्षण : दिगो प्रकृति मैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ मनाइएको छ । विरुवा रोपण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, डिभिजन वन अधिकृत प्रभात सापकोटा सहित कार्यालयका कर्मचारी, वडाध्यक्ष कृष्ण पाण्डे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।