Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने

images
  • राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने
    images
    images

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले २०८३ को अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । गत श्रावण १३ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरी केन्द्रीय सदस्य एवं पार्टीका पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस २०८३को आयोजक समितिको संयोजकको जिम्मेवारी  दिने निर्णय गरेको हो ।

    images
    images
    images

    आयोजक समितिको सदस्यहरूमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मन्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दन कुमार ठाकुर, भरत केसी लगायत रहेका छन्। साथै प्रदेशका सभापतिहरू आयोजक समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

    images
    images
    images

    पार्टीले विभिन्न पालिका, जिल्ला, सातैवटा प्रदेश र केन्द्रीय तहमा युवा दिवस मनाउने तयारी गरेको छ ।

    श्रावण १५ गते सम्पन्न आयोजक समितिको पहिलो बैठकले साथै प्रदेशका सभापतिहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा पत्राचार गर्ने, साथै प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गर्ने निर्णय गरेको छ। 

    युवा दिवसको अवसरमा संसदसम्म युवाको आवाज अन्तरसंवाद कार्यक्रम, इन्स्पाएरिङ म्यासेज कम्पिटिसन, राष्ट्रव्यापी सरसफाई कार्यक्रम, खेलकुद, रक्तदान कार्यक्रम, अन्तरसंवाद, विभिन्न विषयमा छलफल, नीति मन्थन लगायतका कार्यक्रमहरू गर्ने सम्बन्धमा छलफल भएको छ।

    जिम्मेवारी तोकिएका सदस्यहरूले आवश्यक गृहकार्य गरी आगामी बैठकमा विस्तृत विवरण प्रस्तुत गर्नेगरी बैठक सम्पन्न भएको छ। 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।