Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीको छत्रकोटमा आइतबार विद्यालय बन्द नहुने, पठनपाठन गर्ने  पालिकाको निर्णय  

गुल्मीको छत्रकोटमा आइतबार विद्यालय बन्द नहुने, पठनपाठन गर्ने  पालिकाको निर्णय  

images
  • गुल्मीको छत्रकोटमा आइतबार विद्यालय बन्द नहुने, पठनपाठन गर्ने  पालिकाको निर्णय  
    images
    images

    गुल्मी  । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि गुल्मीको छत्रकोट गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालय संचालन गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा पठनपाठन संचालन हुने छत्रकोट गाउँपालिकाले जनाएको छ । 
        
    गाउँपालिकामा बसेको जनप्रतिनिधि  कर्मचारी र प्रधानाध्यापकहरुको बैठकले उक्त निर्णय गरेको हो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड– १९ का कारण लामो समय अस्तव्यस्त रहेको पठनपाठनलाई पुरानै लयमा फर्काउने उदेश्यले आइतबार बिधालय खोल्ने निर्णय गरिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
      
    विद्यार्थी र अभिभावकको मनसाय बुझेर आउँदा आइतबारदेखि नियमित बिद्यालय संचालन हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिए । दुई दिन बिदा हुँदा विद्यार्थीको पढाईमा असर पर्ने र उनीहरु बिग्रने सम्भावना भएकाले पहिले जस्तै आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको  पन्थीले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।