Logo

२०८३, श्रावण २७गते


images
images

बीमा ऐन उल्लंघनको आरोपमा मृदुला सरिया पक्राउ

बीमा ऐन उल्लंघनको आरोपमा मृदुला सरिया पक्राउ

images
  • बीमा ऐन उल्लंघनको आरोपमा मृदुला सरिया पक्राउ
    images
    images

    काठमाडौँ । बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा  मृदुला सरियालाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) अनुसारको कसुर सम्बन्धमा अनुसन्धान अघि बढाइएको थियो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा उक्त कसुरमा संलग्न रहेको आरोपमा झापाको साविक भद्रपुर गाउँ विकास समिति-११ निवासी ३९ वर्षीया मृदुला सरियालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

    images
    images
    images

    काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई बिहीबार काठमाडौँ महानगरपालिका-५, सानो गौचरणबाट पक्राउ गरिएको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # बीमा ऐन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।