Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

भारतमा विद्यार्थी आन्दोलनको समर्थनमा अन्ना हजारेको मौन आन्दोलन सुरु

भारतमा विद्यार्थी आन्दोलनको समर्थनमा अन्ना हजारेको मौन आन्दोलन सुरु

images
  • भारतमा विद्यार्थी आन्दोलनको समर्थनमा अन्ना हजारेको मौन आन्दोलन सुरु
    images
    images

    काठमाडौँ । भारतका सामाजिक अभियन्ता अन्ना हजारेले विद्यार्थीहरूको आन्दोलनको समर्थन गर्दै महाराष्ट्रको अहिल्यानगरमा मौन आन्दोलन सुरु गरेका छन् ।

    images
    images
    images

    हजारेले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै जनताका समस्या र माग उच्च नेतृत्वसम्म पुर्‍याउन आवश्यक रहेको बताएका थिए । उनले प्रधानमन्त्री देशको सर्वोच्च नेतृत्व भएकाले नागरिकका प्रश्न उनीसमक्ष पुग्नुपर्ने धारणा राखेका छन् ।

    images
    images
    images

    यसैबीच ककरोच जनता पार्टीले दिल्लीको जन्तर-मन्तरमा गरिरहेको प्रदर्शनविरुद्ध परेको जनहित याचिकामाथि दिल्ली उच्च अदालतमा शुक्रबार सुनुवाइ हुने भएको छ ।

    images
    images
    images

    याचिकामा प्रदर्शनका कारण दिल्लीका विभिन्न सडक बन्द भएको र सर्वसाधारणले कठिनाइ भोग्नुपरेको दाबी गरिएको छ । प्रदर्शनकारीहरूले राजधानीलाई प्रभावित बनाएको आरोपसमेत लगाइएको छ ।

    उता जन्तर-मन्तरमा ककरोच जनता पार्टीको प्रदर्शन जारी छ। बिहीबार बिहानैदेखि हजारौँ मानिस प्रदर्शनस्थलमा भेला भएका थिए ।

    पार्टी प्रमुख अभिजीत दीपकेले प्रदर्शनकारीबीच सत्तारूढ दलका समर्थकहरूले घुसेर ढुंगामुढा गरिरहेको आरोप लगाएका छन् । उनले आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।