Logo

२०८३, आश्विन ९गते


images
images

‘लोकप्रिय’ बजेटका १५ आकर्षण : किसान पेन्सनदेखि नि:शुल्क मृगौला प्रत्यारोपणसम्म

‘लोकप्रिय’ बजेटका १५ आकर्षण : किसान पेन्सनदेखि नि:शुल्क मृगौला प्रत्यारोपणसम्म

images
  • ‘लोकप्रिय’ बजेटका १५ आकर्षण : किसान पेन्सनदेखि नि:शुल्क मृगौला प्रत्यारोपणसम्म
    images
    images

    काठमाडौं । स्थानीय तहको निर्वाचनमार्फत जनप्रतिनिधि आएसँगै आएको संघीय बजेटले लोकप्रिय नाराहरुलाई आत्मसाथ गरेको छ। आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले लोकप्रिय नारासहित  आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरे। 

    images
    images
    images

    'स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि : समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि' नारा दिएर ल्याइएको बजेटले उत्पदनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नेदेखि आर्थिक तथा समाजिक रुपान्तरणमार्फत सन्तुलित समावेशी आत्मनिर्भर एवं समाजवाद उन्मुख अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्य लिएको छ। 

    images
    images
    images

    कुल विनियोजनमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात २१.२ प्रतिशत रहेको छ। वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ। 

    images
    images
    images

    सरकारले किसान बजेटमा पेन्सन, नि:शुल्क मृगौला प्रत्यारोपण, वृद्धभत्ता, कर्मचारी तलब वृद्धि, आयकर सिमा घटाउने, वैदेशिक लागनीको सिमा घटाउने लगायतको व्यवस्था गरेको छ। यसरी हेर्दा सरकारले आगामी आर्थिक वर्षकोलागि लोकरिझाउने कार्यक्रम ल्याएको छ।

    यी हुन् १५ आकर्षण
     
    १. आगामी आर्थिक वर्षमा ८ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ। चालू आर्थिक वर्षमा ५.८१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।

    २. सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। उनका अनुसार बढेको तलब कर्मचारीले साउन १ देखि पाउनेछन्। 

    ३. सरकारले प्राकृतिक व्यक्तिको हकमा आयकरको सीमा ५ लाख र दम्पतीको हकमा ६ लाख रुपैयाँ निर्धारण गरेको छ। चालू आर्थिक वर्षको लागि सरकारले एकल व्यक्तिको लागि लागू हुने करको दर ४ लाख र दम्पतीको लागि ४ लाख ५० हजारसम्म १ प्रतिशतका दरले कर लाग्दै आएको छ।

    ४. आर्थिक वर्ष २०७९/०८० को बजेटमा ६८ वर्षमै वृद्धभत्ता प्राप्त गर्न सकिने छ। हाल ७० वर्ष पुगेकाले वृद्धभत्ता रहेको छ। 

    ५. सेयरबजारको दोस्रो बजारमा गैरआवासिय नेपाली नागरिकलाई कारोबार गर्ने व्यवस्था गर्ने उल्लेख रहेको छ। आईपीओ जारीगर्दा गैरआवासिय नागरिकलाई १० प्रतिशत छुट्याइने भएको छ। 

    ६. नेपालमै गाडी एसेम्बलिङ गर्नेलाई  ५ वर्षसम्म आयकरमा ४० प्रतिशत छुट दिने भएका हुन्। अहिले नेपालमा गाडी उत्पादन गर्नेलाई अन्तःशुल्कमा ५० प्रतिशत छुटलाई निरन्तरता दिदै एसेम्बलिङ गर्नेलाई भन्सार महशुलमा २५ प्रतिशत छुट दिने भएको छ।

    ७. इन्टरनेटलाई सर्वसुलभ बनाउन इन्टरनेट शुल्क घटाइने भएको छ। 
     
    ८. काठमाडौंका चारै भन्ज्याङमा सुरुङमार्ग निर्माण गरिने भएको छ।

    ९.पेट्रोल पम्पलाई चार्जिङ स्टेसन, भान्सामा ग्यासचुलोलाई इन्डक्सनले विस्थापन गरिने भएको छ। 

    १०. काठमाडौंमा सिस्नेरी र ठोस्ने खोलाबाट पनि पानी ल्याइने भएको छ। 

    ११. विपन्न नागरिकलाई निःशुल्क मिर्गाैला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छ।  

    १२. अब किसानलाई पनि पेन्सन दिइने भएको छ। त्यसकोलागि एक अर्ब बजेट विनियोजन गरिएको छ। 

    १३. उद्योग सञ्चालनको लागि ५० वर्षसम्म जग्गा लिजमा लिन सकिने भएको छ।

    १४. विदेशी लगानीको न्यूनतम सीमा पुनरवलोकन गरी २ करोड कायम गरिने भएको छ। वैदेशिक लगानी आकर्षित गर्न १० करोडसम्मको लगानी स्वचालित प्रणालीमा गर्ने व्यवस्था  गरिएको छ।

    १५. कर्णाली र सुदूरपश्चिममा ठूला उद्योग सञ्चालन गरे आयकर पूर्ण छुट दिइने भएको छ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।