काठमाडौँ । सरकारले मदिरा जन्य वस्तुमा उच्च कर लगाएको छ । आज संसदमा प्रस्तुत बजेटमा मदिराजन्य पदार्थमा उच्च कर वृद्धि गरिएको हो । जसअनुसार बियरमा र वाइनमा प्रतिलिटर ३० रूपैयाँले कर वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर १ सय ९८ रूपैयाँ लाग्दै आएको अन्तःशुल्कमा ३० रूपैयाँले थप गरी २ सय २८ रूपैयाँ पुर्याइएको छ । अल्कोहल रहित बियरमा प्रतिलिटर २० रूपैयाँ कर थप गरिएको छ।
अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ७० रूपैयाँमा १० रूपैयाँ थप गरि ८० रूपैयाँ कायम गरिएको छ । ह्विस्कीमा ४८ दशमलव ५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १ हजार ५ सय ९२ रूपैयाँबाट १ हजार ७ सय ५० रूपैयाँ बनाएको छ । साथै, ४२ दशमलव ८ प्रतिशत अल्कोहल भएको मदिराजन्य पदार्थको हकमा १ हजार १ सय ८८ रूपैयाँबाट बढाएर १ हजार ३ सय ६ रूपैयाँ बनाइएको छ । ३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको मदिरामा १ हजार १ सय ५ रूपैयाँबाट बढाएर १ हजार २ सय १५ रूपैयाँ बनाएको छ । अन्य मदिराको हकमा १ हजार ५ सय ९२ रूपैयाँ भएकोमा १ हजार ७ सय ५० रूपैयाँ बनाइएको छ ।
त्यस्तै समेत उच्च मूल्य वृद्धि गरिएको छ। इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रूपैयाँबाट १४ रूपैयाँले बढाएर ५० रूपैयाँ कायम गरिएको छ । अन्य इनर्जी ड्रिग्सको हकमा १४ रूपैयाँलाई २५ रूपैयाँ बनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology