Logo

२०८३, श्रावण २७गते


images
images

मुसिकोट नगरपालिका कार्यपालिका सदस्यमा १६ जनाको मनोनयन दर्ता

मुसिकोट नगरपालिका कार्यपालिका सदस्यमा १६ जनाको मनोनयन दर्ता

images
  • मुसिकोट नगरपालिका कार्यपालिका सदस्यमा १६ जनाको मनोनयन दर्ता
    images
    images

    सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरकार्यपालिका सदस्यको निर्वाचनका लागि बिहिवार १६ जनाको मनोनयन दर्ता भएको छ ।

    images
    images
    images

    वामीटक्सार स्थित नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका ८ र नेपाली काँग्रेसका ८ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो । महिलातर्फबाट ६ र अल्पसंख्यक वा दलित सदस्य २ जनाका लागि जेठ १५ गते मतदानको कार्यतालिका बनाइएको छ ।

    images
    images
    images

    अल्पसंख्यक वा दलिततर्फ एमालेका नन्द बहादुर बिक, विष्णु बहादुर कुमाल, सागर नेपाली तथा काँग्रेसका नर बहादुर विक, बोमबहादुर नेपाली र सुर्य बहादुर कामीले मनोनयन दर्ता गर्नुभएको छ ।

    images
    images
    images

    महिलातर्फ एमालेका अमृता श्रेष्ठ, प्रतिमा केसी, माया कार्की, यमकला खराल र सम्झना कुँवर तथा काँग्रेसका मनबुझा बिक, पार्वती परियार, राधिका घिमिरे, बेलकुमारी नेपाली र मनरुपा सापकोटाले मनोनयन दर्ता गर्नुभएको छ ।

    कार्यपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीले चुनावी तालमेल गरेका छन् ।

    कार्यपालिका सदस्यका लागि ४७ जना मतदाता छन् । नेकपा एमालेसगं नगरप्रमुख, उपप्रमुख र ५ जना वडा अध्यक्ष र सदस्य सहित २९ जना, नेपाली काँग्रेससँग ४ जना वडा अध्यक्ष र सदस्य सहित १६ जना मतदाता छन् ।

    कार्यपालिका निर्वाचनकालागि शुक्रवार मनोनयन उपर जाँचबुझ,मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नाम फिर्ता,अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।