Logo

२०८३, श्रावण २७गते


images
images

नवनिर्वाचित जनप्रतिनिधिद्वारा माईतीगाउँ फर्केका चेलिलाई स्वागत

नवनिर्वाचित जनप्रतिनिधिद्वारा माईतीगाउँ फर्केका चेलिलाई स्वागत

images
  • सेतोमसी सहकर्मी
  • नवनिर्वाचित जनप्रतिनिधिद्वारा माईतीगाउँ फर्केका चेलिलाई स्वागत
    images
    images

    कृष्ण अन्जान, रिडी । न तिहार, न तिज तर पनि रुरुक्षेत्रबाट बटौलितिर झरेका चेलिहरु आफ्नो गाउँ पुग्दा माईतीहरुले रमाईलाे अनुभुति गरे । 

    images
    images
    images

    मँगलबार  रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न १ काे वडा कार्यालयमा नयाँ रौनकता थियाे । भर्खरै सम्पन्न स्थानिय तहकाे निर्वाचनमा जितेका जनप्रतिनिधिहरु गाउँ फर्केका चेलिहरुलाई स्वागत गर्न तम्तयार थिए । र, चेलिहरु पनि जितेका माईतिगाउँका दाजुभाइ दिदी बहिनीलाई बधाईसँगै भलाकुसारी गर्न आतुर देखिन्थे ।

    images
    images
    images

    घर परिवारबाट केही समय निकालेर गाउँ फर्केका चेलीहरुलाई त्यसै पनि रिडी बजार आईपुगेपछि माईतिकाे न्यास्राे मेटिएकाे थियाे । आफ्नाे माईतिघरका बाआमा, दाजुभाई र दिदीबहिनीसँगकाे मिठाे भेटघाट त छँदै थियाे। सँगै बटौलि बसेर सामाजिक सेवा गरिरहेका रुरुक्षेत्रका यी चेलिहरुले रुरु मिलन केन्द्र नेपाल मार्फत रुरुक्षेत्र वडा  न १ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुसँग भेटघाट र बधाई ज्ञापन गरेका हुन ।

    images
    images
    images

    "बटौलि बसे पनि मन त यतै हुन्छ यताका गतिविधिमा पनि कृयाशिल हुन मन लाग्छ माईतिगाउँ कसलाई प्याराे हुँदैन ?" रुरु मिलन केन्द्र नेपालकी अध्यक्ष जमुना सुवेदी पाेख्रेलले भनिन् ।

    २०७४ सालमा रुरुक्षेत्रबाट बटौली झरेका, उतै घरजम गरेका र अवसरकाे खाेजि गरिरहेका सिर्जनशील चेलीहरुले रुरु मिलन केन्द्रकाे स्थापना गरेका हुन । सामाजिक सेवा भावले कृयाशिल याे सँस्था चेलिहरुले नै चलाएका छन ।

    कम्तिमा पनि हामीले हाम्रो ठाउँका चेली हरुलाई सँगठित गर्दै एक आपसमा घुलमिल ,शुख दुख साटासाट ,चाडपर्वमा भेटघाट ,कसैलाई दुख परे सकेको सहयाेग यिनै उद्देश्यले रुरु  मिलन केन्द्र स्थापना भएकाे हाे र हामीले रुरुक्षेत्रका धेरै चेलिबेटिलाई समेेटेका छौँ केन्द्रकि अध्यक्ष सुवेदीकाे भनाई छ ।

    हुन पनि जति समय बग्छ त्यति साथि भाई इष्टमित्र बा आमा माईतिदेशकाे यादले मन भरिन्छ । आफू हुर्केको ठाउँकाे माया नलाग्ने काे हाेला र यहि मायाले तानेर मौका निकालेर रुरु मिलन केन्द्र चेलिहरुले माईति भेटेर फर्केका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।