काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा हारको मूख्य कारण पार्टीभित्रको अन्तरघात भएको दाबी गरेका छन् ।
एमाले संसदीय दलको बैठकमा बुधबार अध्यक्ष ओलीले अन्य दलका कारण नभई एमालेभित्रकै अन्तर्घातका कारण धेरै ठाउँमा चुनाव हारिएको दाबी गरेका हुन्।
चार महानगरमा उपमेयर जितेपनि मेयर जित्न नसकेको भन्दै ओलीले यस्तो हुनुमा अन्तर्घात नै मूख्य कारण रहेको उनले दाबी गरेको एक सांसदले जानकारी दिए । अरु दलमा नभएको अन्तर्घात एमालेमा भएको र त्यस्तो गर्न एमालेका नेताहरुले कहाँबाट सिकेको भन्नेबारे छानविन गर्नुपर्ने उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचन पछि पहिलोपटक एमाले अध्यक्ष ओलीले चुनावबारे प्रतिकृया दिएका हुन् ।
यसअघि भएको एक सार्वजनिक कार्यक्रममा उनले राजनीतिक विषयमा प्रवेश नै गरेका थिएनन् ।
स्थानीय चुनावको मतगणना अन्तिम चरणमा पुग्दा एमाले दोस्रो स्थानमा छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology