Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

वीपी प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ

वीपी प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ

images
  • वीपी प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ
    images
    images

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० विचौलिया पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै अवैध रूपमा कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले बिचौलियालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका-१८ स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक सेवा भवनअगाडि बिचौलियाको गतिविधि भइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।