Logo

२०८३, आश्विन ९गते


images
images

साहित्यकार दिल साहनीका तीन कृति एकैसाथ विमोचन

साहित्यकार दिल साहनीका तीन कृति एकैसाथ विमोचन

images
  • साहित्यकार दिल साहनीका तीन कृति एकैसाथ विमोचन
    images
    images

    बुटवल । लेखक तथा साहित्यकार दिल साहनीद्वारा लिखित तीन साहित्यिक कृति आइतबार बुटवलमा एकैसाथ विमोचन गरिएको छ । एक कार्यक्रमबीच वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सङ्ग्रह ‘मुलतबी’, निबन्ध सङ्ग्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तर’ को संयुक्त रूपमा विमोचन गरे ।

    images
    images
    images

    कृति विमोचनपछि बोल्दै संग्रौलाले साहित्य समाजलाई चेतना, विचार र परिवर्तनको दिशामा अग्रसर गराउने महत्वपूर्ण माध्यम भएको बताए । प्रगतिशील साहित्यले समाजमा सचेत नागरिक उत्पादन गर्न योगदान पुर्‍याउने भएकाले यसको भूमिका अझ महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    images
    images
    images

    उनले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै कम्युनिस्ट पार्टीहरू धार्मिक संस्थाजस्ता देखिन थालेको उल्लेख गरे । सिमान्तकृत समुदाय र सुकुम्बासी बस्तीमाथि डोजर चल्दासमेत कम्युनिस्ट पार्टीहरू मौन बस्नु विडम्बनापूर्ण भएको उल्लेख गर्दै लेखक संग्रौलाले सामाजिक न्याय, समानता र जनपक्षीय मुद्दामा राजनीतिक दलहरू थप जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

    images
    images
    images

    लेखक दिल साहनीले तीनवटै पुस्तकमा आफूले देखेका, भोगेका र अनुभूत गरेका यथार्थ घटनालाई समेट्ने प्रयास गरेको बताए । नेपालदेखि भारतको आसाम हुँदै बर्मासम्मका सामाजिक परिवेश, संघर्ष, मानवीय सम्बन्ध तथा जीवनका विविध आयामलाई साहित्यिक शैलीमा प्रस्तुत गरिएको उनले बताए ।  

    कार्यक्रममा लेखक रामचन्द्र श्रेष्ठ, सुमिना, लक्ष्मी सुनार, यज्ञ प्रसाद न्यौपाने तथा रुद्र ज्ञवालीले विमोचित कृतिमाथि टिप्पणी गर्दै साहनीका सिर्जनाले समाजका यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको धारणा राखे । उनीहरूले समकालीन नेपाली साहित्यमा यस्ता कृतिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    पाठक मञ्च बुटवलले आयोजना गरेको कार्यक्रमको सञ्चालन शंकर भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य साहित्यकार सरिता श्रीषले व्यक्त गरेकी थिइन् । 

    कार्यक्रममा साहित्यकार, लेखक, पाठक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिल साहनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।