Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

images
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
    images
    images

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा नगरपालिका-३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेका छन् । 

    images
    images
    images

    पक्राउ मध्ये सरोजले आयरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ र अनिलले युएई पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-८ बाट र अनिललाई टोखा नगरपालिका-६ बाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।