Logo

२०८३, आश्विन ९गते


images
images

हुरीले घर भत्काउँदा बंगुरको खोरमा बास

हुरीले घर भत्काउँदा बंगुरको खोरमा बास

images
  • हुरीले घर भत्काउँदा बंगुरको खोरमा बास
    images
    images

    देवदह । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भयो । देवदहलाई सुरक्षीत र सुविधा-सम्पन्न स्मार्ट सिटि बनाउने घोँषणा पत्र सहित घरदैलोमा पुगेका नेताहरू मध्य केहिले जीते, केहीले हारे । विजेताहरूको विजय र्‍याली अझै सकिएको छैन । तर जस्ले जिते पनि हारेपनि आम नागरिकको जीवनस्तर भने उस्तै छ ।

    शुक्रबार साँझ आएको हावाहुरी सहितको बर्षाले देवदह ३ निवासी रमेश कुमार चर्तीको टिनले छाएको कच्ची घर भत्काईदियो । टिन हावाले उडाईदियो र पर्खालसमेत भत्किदा चर्ती परिवारका ४ सदस्यहरू मुस्किलले घरबाट बाहिरिन सके । जसका कारण कसैलाई पनि चोटपटक लागेन ।

    घरको  छानो हावाले उडाएर टिन अन्यत्रै पुर्याएपछि र घरको भित्तो नै भत्किएपछि चर्ती परिवारलाई कहाँ बस्ने भन्ने पिरलो छ  । "हिजो त केटाकेटीलाई बुंगुरको खोर छेउँमा सुताएर म यसै टहलिएँ, आज कता बस्ने, के गर्ने, केही सोंच्न सकेको छैन," निन्याउँरो मुख लगाउँदै रमेशले भने ।

    अलिकति जग्गामा सानो एककोठे कच्ची घर र नजिकै बंगुर, बाख्रा र कुखुरा पनि पालेका छन् उनले । बास र खोर बनाउँदा ३ लाख बढी खर्च भएको बताउँने उनको घरमा पुरै क्षति भएको छ भने फार्मको टिन हावाले उडाईदिएको छ । सबै गरेर डेढ लाखमाथि क्षति भएको उनको भनाइ छ ।

    घटनाबारे वडा कार्यालय वा नगरपालिका कतै खबर गर्नुभयो कि भन्ने प्रश्नमा उनले नवनिर्वाचित वडाअध्यक्ष यज्ञ प्रसाद अर्याललाई खबर गरेको र उनले आएर हेरेर पनि गएको बताए । वडाध्यक्षले प्रहरीमा रिपोर्ट गरेर प्रहरी मुचुल्का तयार गर्नु र अरु प्रक्रियाबारे वडा कार्यालय र नगरपालिकामा बुझ्नु, 'म पनि बुझ्छु' भनेर गएको उनले बताए ।

    घटनाबारे हामीले वडाध्यक्ष अर्यालसंग बुझ्दा उनले आफू भर्खर निर्वाचित भएको र सपथ पनि नलिईसकेको अवस्थामा कानुनी प्रक्रियाबारे केही बुझ्न बाँकि रहेपनि आफुले सक्दो पहल गर्ने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # सेतोमसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।