Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

images
  • मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ
    images
    images

    कञ्चनपुर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-७ बस्ने १९ वर्षीय आंशु महता, २० वर्षीय जगदिश भट्ट र १९ वर्षीय दिपक चन्द रहेका छन् । 

    images
    images
    images

    भीमदत्त नगरपालिका-४ महेन्द्र बजारस्थित गल्ली नम्बर ५ बाट पार्किङ गरी राखेको बा.प्र.३-०२-०१४ प ८४३६ नम्बरको मोटरसाइकल सोमबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भीमदत्त नगरपालिका-१८ जानकी टोलबाट चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।