Logo

२०८३, आश्विन ९गते


images
images

संघसंस्था

रोटरी क्लव अफ देवदहको पद हस्तान्तरण

रोटरी क्लव अफ देवदहको पद हस्तान्तरण

images
  • रोटरी क्लव अफ देवदहको पद हस्तान्तरण
    images
    images

    देवदह । रोटरी क्लव अफ देवदहको पद हस्तान्तरण कार्यक्रम भएको छ । क्लवका निवर्तमान अध्यक्ष डोलराज न्यौपाने (अर्जुन)ले वर्तमान अध्यक्ष नारायण भण्डारीलाई एक कार्यक्रमका बिच पद हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले रोटरी बर्ष २०२६÷०२७ मा देवदह क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुका लागि ‘मेन्टल हेल्थ’ कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । 

    images
    images
    images

    यस्तै रोटरीले यसै रोटरी बर्षमा देवदह नगरपालिका वडा नं ५ संगको सहकार्यमा शव बाहन खरिद गर्ने जनाएको छ । ‘स्वर्ग यात्रा’ नामक शव बाहनले शवलाई दाह संस्कार स्थल (सागर)सम्म लैजाने कार्य गर्नेछ । क्लवले विगतका रोटरी बर्षहरुमा जस्तै वृक्षरोपण, रक्तदान लगाएतका लगाएतका सामाजिक कार्यक्रमहरुलाई पनि निरन्तरता दिने सचिव रामचन्द्र उपाध्यायले बताए । 

    images
    images
    images

    कार्यक्रममा शुभकामना व्यक्त गर्दै संस्थापक अध्यक्ष जयकिशन अधिकारीले देवदहमा हुने हरेक सामाजिक क्रियाकलापहरुमा रोटरीको उपस्थिति उल्लेख्य हुनुपर्ने बताए । संघसंस्थासँगको सहकायलाई बलियो बनाएर मानविय सेवामा लाग्न उनले रोटरी बर्ष २०२६÷०२७ को बोर्ड समितिलाई आग्रह गरे ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।