देवदह । रोटरी क्लव अफ देवदहले महमाया भवानी माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ । विद्यालयको कक्षा–७ मा अध्ययनरत छात्रा आरूसी पाण्डेलाई एक शैक्षिक सत्रमा अध्ययनका लागि आवश्यक रकम बराबर छात्रवृत्ति प्रदान गरेको क्लवका पूर्व अध्यक्ष विष्णु पाठकले जानकारी दिए ।
क्लवले सञ्चालन गर्दै आएको ‘रोटरी विंग्स अफ होप’ कार्यक्रमअन्तर्गत १० हजार रुपैंया छात्रवृत्ति रकम प्रदान गरिएको पाठकले बताए ।
विगत २ बर्ष अघिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत यो बर्ष महामायालाई छनौट गरिएको हो । यसअघि कोटही आधारभुत विद्यालय देवदह ३, आदर्श बहुमुखी क्याम्पस देवदह–७ र केरवानी मावि देवदह–५ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको क्लवका अध्यक्ष डोलराज न्यौपाने (अर्जुन)ले जानकारी दिए ।
बालिकाहरूलई शिक्षामा प्रोत्साहन गर्ने र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहकार्य गर्ने उद्देश्यका साथ कर्यक्रम सञ्चालन गरेको क्लवले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology