Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

श्रीमतीको अनुहार तथा शरिरमा तातो तेल हाली फरार रहेका श्रीमान पक्राउ

श्रीमतीको अनुहार तथा शरिरमा तातो तेल हाली फरार रहेका श्रीमान पक्राउ

images
  • श्रीमतीको अनुहार तथा शरिरमा तातो तेल हाली फरार रहेका श्रीमान पक्राउ
    images
    images

    कञ्चनपुर । आफ्नै श्रीमतीको अनुहार तथा शरीरमा तातो तेल खन्याई गम्भीर रूपमा जलाएर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

    images
    images
    images

    कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौर बस्ने ३४ वर्षीय अशोक भट्टले घरको भान्सामा सेलरोटी पकाइरहेकी आफ्नै श्रीमतीमाथि तातो तेल खन्याएको प्रहरीले जनाएको छ । उक्त घटनामा पीडितको अनुहारसहित शरीरका विभिन्न भाग जलेर कुरुप भएको बताइएको छ ।

    images
    images
    images

    गत मङ्सिर १५ गते सो घटनापछि फरार रहेका भट्टविरुद्ध तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी शरीर कुरुप पार्ने कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    images
    images
    images

    उक्त मुद्दामा सम्मानित जिल्ला अदालतबाट पक्राउ अनुमति समेत प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोजतलासको क्रममा मिति २०८३ साल ०३ महिना ०६ गते भीमदत्त नगरपालिका-४ क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका भट्टमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।